बजेटको बिषयमा सत्तापक्षकै सांसद रुष्ट, प्रतिपक्ष भन्छन् ‘बजेटमा हामीलाई हेपियो’

बजेटको बिषयमा सत्तापक्षकै सांसद रुष्ट, प्रतिपक्ष भन्छन् ‘बजेटमा हामीलाई हेपियो’

विराटनगर, ७ असार । सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६का लागि ल्याएको बजेटमा साना योजनामा समेत रकम बिनियोजन गरेर कनिका छरेजस्तै गरेको भन्दै आलोचना भएको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले बिनियोजन बिधेयकमाथि बिचार गरियोस् भनी राखेको प्रस्ताव पारित भएपछि बिनियोजन अन्तरगतका शिर्षकमा १३ जना प्रदेश सदस्यले धारणा राखे । उनीहरुले प्रदेशको समृद्धी झल्काउने प्रादेशिक गौरबका योजना भन्दा धेरै टुक्रे योजना, तथा कार्यक्रम बजेट बिनियोजन गरेको भन्दै असन्तुष्टि जनाएका छन् । नीति कार्यक्रम अनुसार बजेट आउने अपेक्षामा रहेका सांसदहरुले टुक्रे योजनामै धेरै रकम बिनियोजन भएको भन्दै बिनियोजन बिधेयकमाथिको छलफलका क्रममा असन्तुष्टी पोखेका हुन् ।
बजेट कार्यान्वयनमा चुनौती
सत्ता पक्षका सदस्य कुल प्रसाद सम्बाले कानुन र संरचनागत कमीका कारण बजेट कार्यान्वयनमा चुनौती रहेको बताए । बजेट आयो, योजना पनि परे, रकम पनि छुट्टीयो अब कहाँबाट चलाउने ? उनको प्रश्न छ । उनी भन्छन्, ‘कहाँ जाने मेरो पैसा आयो ? भन्दै, वडा अध्यक्षकोमा जाने की? उपमेयरकोमा की, मेयरकोमा जानु पर्ने हो ?’ प्रदेश सरकारले स्थानीय तह मार्फत बजेट खर्च गर्ने ब्यवस्था मिलाएको छ । सांसद विजयकुमार विस्वास, सौभाग्यवतीदेबी राई, उमिता विश्वकर्मा, मोहनकुमार खड्काले बजेट राम्रो भएपनि कार्यान्वायनमा चुनौती रहेको बताए ।
प्रतिपक्ष भन्छन्, बजेटमा हेपियो
संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले बजेट समग्रमा राम्रो भएपनि पहुँच हुनेहरुको लागि मात्र भएको बताएका छन् । उनले बजेट कार्यान्वयनमा निक्कै चुनौती रहेको भन्दै सरकारलाई समयमै ध्यान त्यस तर्फ केन्द्रीत गर्न आग्रह गरे । विपक्षी दलका सदस्य प्रताप प्रकाश हाङवाङले बजेट कर्यान्वयनमा जटिलता रहेको बताए । धनकुटाका लिला सुब्बाले नेताहरुको निर्वाचन क्षेत्रमा मात्र बजेट तथा योजना पारिएको भन्दै बिरोध गरिन् । बजेटमा प्रतिपक्षीलाई नअटाईएको प्रति आक्रोश पेखेकी सुब्बाले रातो किताव देखाउँदै भनिन्, ‘अरुबेला सत्तापक्ष र प्रतिपक्ष एक हौँ भन्ने बजेटमा नअटाउने ?’ त्यस्तै विपक्षी दलका प्रदेश सदस्य सुयर्माराज राईले सत्तापक्षका सांसद खुसी र प्रतिपक्षका संसद दुःखी हुनुपरेको बताए । उनले बजेटमा विपक्षी दलका सदस्यहरुलाई सौनेती छोराको जस्तो ब्यवहार भएको उनले आरोप लगाए । उनले पहुँचका भरमा बजेट बितरण भएको समेत बताएका छन् ।
प्र्रतिपक्षीका सदस्य शिवनारायण गन्गाई, हिमाल कार्की, सञ्जा कुमारी दनुवारले बजेट सत्ता पक्षहरुको लागि मात्र भएको आरोप लगाई रहँदा सत्तापक्षकै सांसद उत्तमकुमार बस्नेतले बजेटमा बिनियोजन गरिएको रकम ज्यादै कम भएको भन्दै अपुङ्गो र पञ्चामृत बाँडेको जस्तै भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्