राजपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा हुने

<span class='c1'>राजपा नेपालको राष्ट्रिय महाधिवेशन</span> <span class='c2'>आगामी वैशाखमा हुने</span>

काठमाडौँ, असार ७ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । वैशाख ४ देखि तीन दिनसम्म चलेको राजपा नेपालको राजनीतिक समितिको बैठकले आगामी २०७६ वैशाख ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

२०७४ वैशाख ७ गते छवटा दल मिलेर राजपा नेपाल गठन भए पनि २०७४ असार ३० गते निर्वाचन आयोगमा दर्ता भएकोलाई आधार मानेको छ । र, पार्टी दर्ता गराउँदा पार्टी गठन भएको एक वर्षभित्र महाधिवेशन गर्ने भनिएको छ । यो कुरा पार्टीको विधानमा पनि उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले पनि पत्र पठाएर विधानमा उल्लेख भए अनुसार महाविधेशन सम्पन्न गराउन आग्रह गरेको छ । तर, राजपा नेपालको विधन २०७४ को धारा–२२ (१०) मा ‘राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय महाधिवेशन एक वर्षभित्र सम्पन्न गरिनेछ’ लेखिएकोमा त्यसलाई ‘दुई वर्षभित्र सम्पन्न गरिनेछ’ भनी संशोधन गर्ने निर्णय बैठकले गरेको छ ।
महाधिवेशनका लागि विधान संशोधन गरेको निर्णय आयोगलाई पठाउने पार्टीका महासचिव एवं प्रवक्ता केशव झाले जानकारी गराउनुभयो ।
पार्टीको अर्को बैठक असार २१ गते बस्ने बताइएको छ । बैठकमा प्रस्तुत भएको मस्यौदा विधानलाई अध्ययन गरी २१ गतेको बैठकमा छलफल गर्ने बताइएको छ । अध्यक्ष मण्डलका सदस्यहरु महेन्द्र राय यादव, अनिलकुमार झा र राजेन्द्र महतो पार्टीको मस्यौदा विधान पेस गर्नुभएको छ । पार्टी अध्यक्ष मण्डलमा प्रस्तुत गरिएको पार्टीको मस्यौदा विधान परिमार्जन गरी अर्को बैठकमा पेस गर्न उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल, सहअध्यक्ष लक्ष्मणलाल कर्ण र उपाध्यक्ष बृषेशचन्द्रद्र लाल रहने गरी तीन सदस्यीय समिति बनाएको छ ।
त्यसैगरी, बैठकले मधेस आन्दोलनको विषयमा छानविन गर्न बनेको उच्चस्तरीय आयोगले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । थुनामा रहेका सांसद रेशम चौधरी लगायत बाँके, महोत्तरी र सिरहासहित विभिन्न स्थानमा बन्दी जीवन बिताइरहेका नेता, कार्यकर्ताको मुद्दा फिर्ता गरी रिहा तथा संविधान संशोधन गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्