कोरियामा काम गर्दा गर्दै मोरङ बेलबारीका बालकुमार राईको मृत्यु

कोरियामा काम गर्दा गर्दै मोरङ बेलबारीका बालकुमार राईको मृत्यु

कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ सिटिमा अवस्थित माछाको चारो (दाना) बनाउने एक कम्पनीमा कार्यरत मोरङ बेलबारी ११ लक्ष्मीमार्गका एक युवाको ज्यान गएको छ ।सो उद्योगमा कार्यरत बालकुमार राईको मृत्यु भएको सोही कम्पनीमा कार्यरत उनका सहकर्मी सहकर्मी नवराज राईले जानकारी दिएका छन ।

राईका अनुसार बिहान अन्दाजी १० बजे मेसिनमा काम गरिरहेको अवस्थामा अकस्मात मेसिन पडकिएर सो मेसिनबाट निस्किएको तातो पाउडरले सबै शरीर जलेपछि बुसानको एक अस्पतालमा उपचारको क्रममा मंगलबार विहान २ बजे उनलाई अस्पतालले मृत घोषणा गरेको छ ।ईपीएस मार्फत अन्दाजी ३८ महिना अघि मृतक राई कोरिया पुगी सो कम्पनीमा कार्यरत थिए । सो कम्पनीमा ६ जना नेपाली कार्यरत छन । सोही कम्पनीमा कार्यरत अन्य नेपालीहरुले एक असल साथी गुमाएकोमा दुख व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्