प्रतिदिन ७ जना नेपालीको सवारी दुर्घटनामा ज्यान जान्छ

प्रतिदिन ७ जना नेपालीको सवारी दुर्घटनामा ज्यान जान्छ

काठमाडौं । नेपालमा प्रतिवर्ष दुई हजार र प्रतिदिन ७ जना नेपालीको सवारी दुर्घटनामा ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । महानगरीय ट्राफिक महाशाखाले आयोजना गरेको ट्राफिक सम्मेलन र सवारी दुर्घटना न्यूनीकरण कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार ज्यान गुमाउनेमा ८० प्रतिशत ३० वर्षमुनिका युवा रहेको पाइएको छ । चालकको लापरवाही, तीव्र गति, मादक पदार्थ सेवन, ओभरटेक, सडकको अवस्था आदि कारणले ज्यान जाने गरेको पन्त बताउँछन् ।

काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षको जेठसम्ममा मात्रै १ सय ६८ जनाले ज्यान गुमाएका छन् भने ३ हजारभन्दा बढी घाइते भएका छन् । यस अवधिमा ५ हजार ७ सय ८१ सवारी दुर्घटना भएको तथ्यांक छ ।

अस्तव्यस्त सडक, बढ्दो सवारी चाप र ट्राफिक नियम उल्ङ्घनलगायत कारण दुर्घटना बढेको हो । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा लगातार सवारी चाप बढिरहँदा ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको ट्राफिक प्रहरीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्