विराटनगरका रबिनलाई ‘बुगी बुगी’ शो जिताऔँ अभियान सुरु

विराटनगरका रबिनलाई ‘बुगी बुगी’ शो जिताऔँ अभियान सुरु

प्रेम देवान
विराटनगर ७ असार । अहिले हरेकको घरमा रहेका टेलिभिजनमा वल्र्डकपले कब्जा जमाएको छ । एक महिनासम्म वल्र्डकपले नै स्थान जमाउने देखिन्छ । तर यता नेपालमा भने नेपालको पहिलो एचडी च्यानल एपी वान टेलिभिजनले  डान्स रियालीटी शो ‘बुगी वुगी’ शो बाट नेपालीको मन जितिरहेको छ । अहिले गी वुगी’ को टप ८ को शो संञ्चालन भईरहेको छ ।
आठौँ चरणमा  विराटनगरका एक मात्र प्रतिस्पर्धी रविन भूजेल हुन् । गत चैत्रबाट प्रसारण भईरहेको उक्त टेलिभिजन प्रतियोगितामा विराटनगर १६ रानी मिल्स एरीया दक्षिणगेटका २९ बर्षिय रविन भुजेल उत्कृष्ठ ८ मा पर्न सफल भएका हुन ।
सानैदेखि नृत्यप्रतिको लगाव राख्ने रविन यति बेला सबैको भोटको आशामा छन् । विराटनगरमबाट एक मात्र टप ८ मा पर्न सफल भएका रविनलाई जिताउन यति बेला विराटनगरबासी लागी परेका छन् । उनी भन्छन् मलाई जिताउनको लागी तपाईहरु कै सहयोगको खाचो छ । उनलाई जिताउनको लागी उनको भोटिङ कोट नम्बर ०६ रहेको छ । उनलाई आफ्नो मोबाईलको म्यासेज बक्समा गएर ०६ लेखी ३५२२५ मा पठाउन सकिनेछ ।
उनलाई जिताउनको लागी यता विराटनगरको विभिन्न स्थानमा व्यानर, पम्पप्लेट लगायतका प्रचार प्रसार गरिरको छ ।
रविन भन्छन् – मेरो नृत्य प्रस्तुतिमा हजुरहरुले चाहेको जस्तो रबिन पाउनु हुनेछ र मलाई यहाहरुले धेरै भन्दा धेरै माया, साथ एवं भोट गरि आगामी दिनहरुमा मेरो नृत्य प्रस्तुति राख्ने अवसर दिनु हुन अनुरोध गर्दछु ।
भोटिङ लाइन बिहिवार बेलुकी ८ बजे देखि शुक्रबार दिउँसो १२ बजे सम्म खुला रहनेछ । ‘अब नाच्छ नेपाल’ स्लोगन राखेर एपी वानले केही महिना अगाडीदेखी डान्स रियालीटी सो गराउदै आईरहकेको छ । कार्यक्रमको जजहरुमा नायिका प्रियंका कार्की , अभिनेता दीलिप रायमाझी र कोरियोग्राफर कविराज गहतराज रहेका छन् ।कार्यक्रम एपी वानबाट हरेक विहीबार र शुक्रबार राती ८ बजेबाट प्रसारण हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्