विराटनगरमा विद्यार्थीदेखि संसादले मनाए योगा गरी योग दिवस

विराटनगरमा विद्यार्थीदेखि संसादले मनाए योगा गरी योग दिवस

विराटनगर ७ असार । आज अन्तराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
विराटनगरमा पनि विभिन्न संघसस्थाहरुले योग दिवस मनाईएको छ । नेपाल भारत मैत्री युवा संघले नोबेल मेडिकल कलेजको प्राङ्गणमा योग गरी दिवस मनाएका छन् ।
नेपाल भारत मैत्री युवा संघका अध्यक्ष मो. नसरुलको अध्यक्षमा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल प्रदेश नम्बर १ का संसदीय दलको नेता जयराम यादव, भारतीय दूतावास क्याम्प बिराटनगरका निरज जैसवाल, सी.पी. सिंह, सामाजिक अभियनता तथा युवा नेता राकेश रोशन यादव, नोबेल मेडिकल कलेजका अन्तर्रा्ष्ट्रिय निर्देशक डा. निरन्जन कुमार, हिन्दु स्वयंसेवक संघ नेपाल का महेन्द्र प्रसाद भगत, सियाराम रौनियार, मदर टेरेसा स्कुल का संजय यादव, सिता यादव लगायत योग प्रेमीहरुको उपस्थित रहेको थियो । योग प्रशिक्षणमा विराटनगरका करिब ३ सय बढीको उपस्थित रहेको थियो ।


यसैविच यता दिल्ली पब्लीक स्कुलले पनि योग दिवस मनाएको छ । योग दिवसको अबसरमा विद्यार्थीहरुलाई योगा गराई यो दिवस मनाएको स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्