अर्जेन्टिनाले ३ गोल खाँदा, विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा

अर्जेन्टिनाले ३ गोल खाँदा, विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा

 ८ असार । क्रोएसियासँग पराजित भएसँगै साविकको उपविजेता अर्जेन्टिना जारी विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

गएराति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० गोल अन्तरले पराजित गर्‍यो । क्रोएसियाको जीतमा मोड्रिक, र्‍याकिटिक र रेबिकले १-१ गोल गरे । खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । गोलकिपर विली क्याबालेरोको गल्तीबाट पहिलो गोल खाएको अर्जेन्टिना त्यसपछि खेलमा फर्किन सकेन ।हारसँगै २ खेलबाट अर्जेन्टिनाको खातामा जम्मा १ अंक छ । जीतसँगै ६ अंक जोडेको क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियासँग खेल्नेछ । सो खेल जितेर मात्र अर्जेन्टिना अघि जान सक्ने छैन । बाँकी खेलको नतिजा पनि आफू अनुकूल आउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्