विवेकशील साझा पार्टीको नेपालकै पहिलो अपाङ्गतामैत्री पार्टी कार्यालय

<span class='c1'>विवेकशील साझा पार्टीको नेपालकै</span> <span class='c2'>पहिलो अपाङ्गतामैत्री पार्टी कार्यालय</span>

काठमाडौं । विवेकशील साझा पार्टी नेपालकै पहिलो अपाङ्गतामैत्री पार्टी कार्यालय बनेको छ । पुराना पार्टी कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को पार्टी कार्यालय अपाङ्गतामैत्री नभएको अवस्थामा विवेकशील साझा पार्टीले यसको शुरूआत गरेको हो ।

‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका– २०६९’ ले सबै सरकारी कार्यालयहरू अपाङ्गतामैत्री बनाउन अनिवार्य त गरेको छ तर यसको परिपालना भएको छैन ।

बाटोघाटो र सरकारी कार्यालय भौतिक संरचनासमेत अपाङ्गतामैत्री नभएको अवस्थामा राजनीतिक दलले स्वयम्ले त्यसको थालनी गर्नुपर्ने सन्देश दिन भवन अपाङ्गतामैत्री बनाइएको पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए ।

पूर्वाधार विज्ञसमेत रहका आचार्यले समावेशी लोकतन्त्र कागजमामात्र सीमित हुननहुने र राजनीति दलले नै त्यसको अक्षरशः पालाना गर्नुपर्ने धारणा राखे । “हामीले भवनमात्रै अपाङ्गताम    ैत्री बनाएका छैनौँ । पार्टीका निकायमा अपाङ्गता भएका व्यक्तिहरू पहुँचको सुनिश्चितता गरेका छौँ,” उनले भने ।

पछाडि पारिएको अपाङ्गता क्षेत्रलाई अगाडि ल्याउन विवेकशील साझाले सन्देश प्रवाह गरेको उनको भनाइ थियो । “हामीले पार्टीका हरेक निकाय र संरचनामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको सुनिश्चिता गरेका छौँ । राज्यका नीति नियम दलले नै पालना नगर्ने हो भने लोकतन्त्र सुदृढ हुन सक्दैन,” उनको टिप्पणी थियो ।

कार्यालय सहयोगी पनि ‘ह्विलचेयर प्रयोगकर्ता’

त्यस्तै विवेकशील साझाले पार्टी कार्यालयको सोधपुछ कक्षमा ह्विलचेयर प्रयोगकर्ता राखेको छ । अपाङ्गता भएका व्यक्तिको पहुँच हरेक ठाउँमा पुगोस् र अन्य राजनीतिक दलहरूलाई समेत यसले दबाब सिर्जना गरोस् भनेर पार्टीले ह्विलचेयर प्रयोगकर्तालाई सोधपुछ कक्षमा राखेको आचार्यको भनाइ छ ।

कार्यालयको सोधपुछ शाखा रामेछापकी लक्ष्मी घिमिरेले सम्हालेकी छन् । भीरबाट लडेर कम्मरमुनिको भाग नचल्ने उनी ह्विलचेयरको सहायताले कार्यालय आउजाउ गर्छिन् । अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक दलले नै अगाडि ल्याउनुपर्ने बताउँदै ह्विलचेयर प्रयोगकर्तालाई विवेकशील साझा पार्टीले अवसर दिनु सुखद शुरूआत भएको बताइन् ।

त्यस्तै उनले अन्य पार्टीले पनि राम्रो कुराको अनुशरण गरे अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पार्टी कार्यालयसम्म पुग्ने धारणा राखिन् ।(बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्