ब्राजिलले ‘ड्र’ खेल्दा नेपाली समर्थक बेहोस, कोस्टारिकालाई पाखा लगाउँदै ब्राजिल विजयी

ब्राजिलले ‘ड्र’ खेल्दा नेपाली समर्थक बेहोस, कोस्टारिकालाई पाखा लगाउँदै ब्राजिल विजयी

८ असार।  असार तीन गते पाँच पटकको विश्व विजेता ब्राजिलले स्विट्जरल्याण्डसँग रुस विश्वकपमा पहिलो खेल खेल्यो । उक्त खेल सकिएको केही क्षणमै एउटा एम्बुलेन्स त्रिवि शिक्षण अस्पतालमा रोकियो । एम्बुलेन्समा थिए एक जना ब्राजिलका फ्यान जो खेल अन्तिम मिनेटमा पुग्दा बेहोस भएका थिए । यसपटकको विश्वकपको उपाधी ब्राजिलले जित्ने आकलन अन्तर्राष्ट्रिय सञ्चारमाधयमसहित फ्यानहरुले गरेका छन् । ब्राजिलका समर्थक विश्वभर नै छन् । नेपालमा पनि पाँच पटकको विश्वकप जित्ने ब्राजिलको समर्थक नहुने कुरै भएन ।

रुस विश्वकपको पहिलो खेलमा स्विटजरल्याण्डमाथि गोलको वर्षा गर्ने ब्राजिलका समर्थकको अपेक्षा थियो । तर विश्वकप उपाधि जिताउने आशा गरिएका ब्राजिलियन स्ट्राइकर नेयमारले गोल गर्न सकेनन् भने ब्राजिलले स्विट्जरल्याण्डसँग बराबरी खेल्यो । जसलाई नेपालका ब्राजिलियन समर्थकले सहज रुपमा स्विकार गर्न सकेनन् । उक्त खेल हेरेका २२ वर्षीय एक ब्राजिलियन समर्थक वेहोस हुन पुगे ।

ब्राजिलको खेल मदिरासहित हेरेका ति समर्थक ब्राजिलले नजित्ने अवस्था आएपछि वेहोस भएका थिए । ब्राजिकका तीन समर्थक विश्वकप हेरेर वेहोश भएपछि उनकी पत्निले त्रिवि शिक्षण अस्पतालमा लगेकि थिइन् । त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा ल्याइएका ती समर्थकको स्वास्थ्य परीक्षण गर्दा शरीरमा कुनै खराबी देखिएन ।

शारीरिक रुपमा कुनै खराबी नदेखिएपछि उनलाई सोही अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोज ओझासँग परामर्शको लागि पठाइयो । डा. ओझाले पराशर्म दिएपछि ती युवालाई विश्वकप हेर्दा आफूले समर्थन जनाएको टिमले हार्ने डर लिएकै कारण उनी वेहोस भएको पत्ता लाग्यो ।

‘शरीरमा कुनै खराबी नदेखिएपछि मसँग परामर्शको लागि अस्पतालले रेफर गरेर पठाएको थियो’ टिचिङका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाले  भने, ‘उनले आफूले समर्थन गरेको टिमले हार्छ कि भनेर धेरै तनाव लिएछन्, वाइन लिएछन्, तनावलाई पहन गर्न नसक्दा उनी वेहोश भएका रहेछन् ।’मनोपरामर्श प छि उनको अवस्थामा सुधार आएको डा. ओझाले बताए ।

खेलमा हार जित हुने भन्दै नेपाली खेलप्रेमीहरुलाई विश्वकप हेर्दा मानसिक स्वास्थ्यलाई ख्याल गर्न डा. ओझाले सुझाव दिएका छन् । उनले खेललाई तनावको लागि नभइ मनोरञ्जनको लागि हेर्न समते सुझाव दिए ।

ब्राजिलले आज कोस्टारिकासँग नेपाली समय अनुसार ५ बजेर ४५ मिनेटमा दोस्रो  खेलेको छ । कोस्टारिका विरुद्ध ब्राजिलले शुन्यका विरुद्ध २ गोलको शानदार जीत हासिल गरेको हो । खेलको निर्धारित ९० मिनेट सकिएपछि थपिएको ६ मिनेटको अतिरिक्त समयमा २ गोलले ब्राजिलले उत्कृष्ट पुनरागमन गरेको हो । ब्राजिलका लागि जीत निकाल्ने क्रममा कौटिन्नो र नेयमारले १–१ गोल गरे । निर्धारित ९० मिनेटमा ब्राजिलको धेरैजसो प्रहारलाई बचाएका कोस्टारिकाका किपर नाभासले अतिरिक्त समयमा भने टिमको हारलाई जोगाउन सकेनन् ।  जीतसँगै ब्राजिलले समूह चरणको अंक तालिकामा ४ अंक बटुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्