आठ वर्षीय बालकको पेटबाट झन्डै एक किलो जुका निकालियो

आठ वर्षीय बालकको पेटबाट झन्डै एक किलो जुका निकालियो

ओखलढुंगा, ९ असार । चिसंखुगढी गाउँपालिका–६ भदौरेका आठ वर्षीय बालकको पेटबाट चिकित्सकले ७ सय ग्रामभन्दा बढी जुका निकालेका छन् । चिसंखुगढी गाउँपालिका– ६ भदौरेका झनमाया मगरका ८ वर्षीय छोरा मदन मगरको पेटबाट शल्यक्रिया गरेर चिकित्सकले जुका निकालेका हुन् । लामो समयदेखि बिरामी परेका मगरलाई ओखलढुंगा सामुदायिक अस्पताल ल्याइएको थियो । चिकित्सकले दुई घन्टा लगाएर शल्यक्रिया गरी सो परिणामको जुका निकालेका हुन् । पेटमा भएको जुकाकै कारण बालकको श्वासप्रश्वनस बढ्ने, हिँड्न नसक्ने, खाना खान मन नगर्ने र बान्ता गर्नेलगायत लक्षण देखाएका थिए । यस्ता लक्षण देखाएपछि गाउँघरमै धामीझाँक्री लगाउँदै आएका परिवारले रोग निको नभएपछि अस्पताल ल्याइएको मदनकी आमा झनमाया राना मगरले बताइन् । ‘सुरुमा वाकवाक ग-यो पछि झन्झन् भुँडी दुख्ने समस्या बढेपछि धामीलाई देखाएर बसेको समाचार आजको नयाँ पत्रिकामा छ ।

अस्पताल ल्याएर अप्रेसन गर्दा त डरलाक्दो जुका पो रहेछ,’ उनले भनिन् ।  समयमै अस्पताल आइपुगेकाले बालकलाई बचाउन सफल भएको ओखलढुंगा सामुदायिक अस्पतालका डाक्टर रवीन्द्र मेहताले बताए । ‘पेट फुलेको थियो, हामीले एक्स रे गरेर हे-यौ । आन्द्रा अवरुद्ध भएको देखियो तर जुकै हो भन्ने चाहिँ अनुमानसमेत गरेका थिएनाैं,’ उनले भने । पहिले बालकलाई औषधि चलाएको भए पनि निको नभएपछि आन्द्रा काटेर जुका निकालेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्