प्रेम र विवाह जति लुकाए पनि लुक्दैन, छवि र शिल्पाको गुपचुप बिहे !

प्रेम र विवाह जति लुकाए पनि लुक्दैन, छवि र शिल्पाको गुपचुप बिहे !

काठमाडौं, ९ असार । प्रेम र विवाह जति लुकाए पनि लुक्दैन । लामो समयदेखि शिल्पा पोखरेलसँग गहिरो प्रेम सम्बन्धमा रहेका छविराज ओझा फेरि एकपटक चर्चामा आएका छन् ।

पछिल्लो समय फैलिएको हल्लाअनुसार यो जोडीले गुपचुप बिहे गरिसकेका छन् ।बताइएअनुसार यी दुईबीच गएको दशैँमा बिहेको भएको हो र अहिले विस्तारै खुल्दै गएको छ उनीहरूको सम्बन्धको रहस्य ।केही दिनअघि आफ्नै लगानीमा खुलेको इटहरीको इलाइट सिनेमामा विशेष शोका अवसरमा छविराज ओझाले बिहेबारे थप संकेत गरेपछि यो हल्ला साँचो हो भन्न डराउनु पर्दैन ।

उक्त हलमा छवि धरानमा रहेकी आमा, छोरा साकार र शिल्पा पोखरेल लगायतलाई लिएर पुगेका थिए ।ओझाले पत्रकारसँग छोटो भेटमा भने- ‘हामी सम्पूर्ण ओझा परिवारले मंगलम हेरेका छौं ।’ सम्पूर्ण ओझा परिवार भनेर तस्वीर खिचाउँदै गर्दा छवि, शिल्पा, उनकी आमा र उनका छोरा साकार ओझा सँगै थिए ।तस्वीरमा शिल्पा र छविले आमालाई दुईपट्टिबाट हात समातेका छन् भने साकार पछिल्तिर छन् । सम्पूर्ण ओझा परिवारमा शिल्पा पनि अटाएपछि अब शिल्पा ओझा भइसकेको बुझ्न कठिन नपर्ला कि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्