उच्च शिक्षा पढ्न विदेश जाने विद्यार्थीको संख्या डरलाग्दो,अर्बौं रुपैयाँ बाहिरियो

<span class='c1'>उच्च शिक्षा पढ्न विदेश जाने</span> <span class='c2'>विद्यार्थीको संख्या डरलाग्दो,अर्बौं रुपैयाँ बाहिरियो</span>

प्रज्ञा तिमल्सिना:

काठमाडौं, असार ८ । उच्च शिक्षा पढ्न विदेश जाने विद्यार्थीको संख्या डरलाग्दो तवरले बढ्दै गएको छ ।

१७ बर्षदेखि २५ बर्ष उमेर समूहका युवा युवतीहरु वर्षैपिच्छे ठूलो संख्यामा उच्च शिक्षाका लागि भन्दै विदेश पुग्ने गरेका छन् ।

उनीहरुसंगै क्रिम जनशक्ति मात्रै बाहिरिएको छैन अर्बौं रुपैयाँ पनि रुपैयाँ पनि देशबाट बाहिरिने गरेको छ ।

प्लस टु सक्नासाथ विदेश जाने फेसन नै बनेको छ केही समय यता ।

उच्च शिक्षा हासिल गर्न होस वा पढ्ने वहानामा विदेश भासिने रहर, हरेक पढेलेखेका युवायुतीको सरोकारको विषय बनेको छ ।

प्लस टु सकेका अधिकांश बिद्यार्थीहरुलाई अब के गर्ने भन्यो भने रेडिमेड जवाफ हुन्छ, बिदेश जाने ।

०७४ साल बैसाखदेखी ७५ साल असार सम्मको तथ्याक हेर्ने हो भने ६९ हजार ६ सय २३ जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट विदेश जाने अनुमती लिएका छन् ।

त्यसमध्ये आधा भन्दा बढीको गन्तब्य अष्टे«लिया हुने गरेको छ । एक वर्षमा अस्टे«लिया जान अनुमति लिनेहरुको संख्या ३७ हजार ५ सय ५५ जना रहेको छ ।

दोस्रो नम्वरमा भने जापान रहेको छ । जहाँ १२ हजार ५ सय ३२ विद्यार्थीले अनुमति लिएका छन् भने अमेरिका जाने विद्यार्थी सख्या भने २ हजार ७ सय ३६ रहेको छ ।

एक जना विद्यार्थीले बाहिर जाने प्रकृया मिलाउनेदेखी भिजा लगाउने समय सम्म १४ देखी २५ लाख रुपैयाँसम्म खर्च गर्नुपर्दछ ।

सरल तरिकाले हिसाब गर्दा पनि वार्षिक १ खर्व रुपैयाँ बढी नेपाली सम्पति बाहिर पुग्ने गर्दछ ।

विदेश जान चाहने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर दिए वापत मात्रै शिक्षा मन्त्रालयले बार्षिक १४ करोड त राजश्व नै उठाउने गरेको छ ।

नेपाल सरकारले ७४ देशमा पढ्न जाने अनुमती दिएको छ ।

नेपाली विद्यार्थीहरुको अष्ट्रेलिया आकर्षणको केन्द्र बन्नुमा भिजा प्रक्रियामा सहजतादेखि कामको उपलब्धता पनि रहेको पाइएको छ ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमती शाखामा मात्र दिनह ३ सयको हाराहारीमा बाहिर जान अनुमती लिन विद्यार्थी आउने गरेका छन्  ।

उच्च शिक्षाका लागी नेपालमा पनि राम्रा क्याम्पसहरु नभएको पनि होइन ।

तर विदेश मोहले फेशनकै रुप लिंदा विद्यार्थीहरु देशमा बस्नै नचाहने अवस्था विकसित बनेको छ ।

संगै पढेका साथिभाई एकपछि अर्को गरी विदेश पुगेपछि देशमै पढेर केही गर्छु भन्नेहरुको मन पनि उतै तानिनेमा शंका छैन ।

दक्ष युवा जनशक्ति र उनीहरुसंगै विदेशिने सम्पति बाहिरिनबाट रोक्न राज्यले तत्काल केही नगर्ने हो भने देशको भविष्य भयावह नहोला भन्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्