क्यानले सूचना प्रविधि अध्ययनका लागि करिब १ करोड ८३ लाख वरावरको छात्रवृत्ति प्रदान गर्ने

क्यानले सूचना प्रविधि अध्ययनका लागि करिब १ करोड ८३ लाख वरावरको छात्रवृत्ति प्रदान गर्ने

विराटनगर ९ असार । कम्प्यूटर एशोसिएन नेपाल महासंघ (क्यान)ले सूचना प्रविधि अध्ययनका लागि करिब १ करोड ८३ लाख वरावरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
सूचना प्रविधि विषयको अध्ययन ग्रामीण क्षेत्रमा पुगोस भन्ने उद्देश्यले गरीव तथा जेहेन्दार यस वर्ष ४९ जना विद्यार्थीको लागि क्यान नेशनल आईसीटी स्कलसिप–२०७५ छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
क्यान तथा लर्ड वुद्ध एजुकेशन फाउण्डेशनद्धारा विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी ७ वटै प्रदेशबाट छनौट भएका जेहन्दार विद्यार्थीहलाई छात्रवृत्ती प्रदान गर्ने जानकारी दिए ।

सात प्रदेशवाट ७ जना छात्राहरुलाई छात्रवृत्ति अन्तर्गत काठमाडौमा रहेको लर्ड वुद्ध एजुकेशन फाण्डेशनमा स्नातक तह अन्तर्गत विएसस्सी आई टी विषयमा अध्ययन गराइने छ । उक्त छात्रवृत्ति अन्तर्गत फिमेल मेरिट आईसीटी स्कलरसिपवाट चार जना, आईसीटी मेरिट स्कलरसिपवाट तीन जना गरी एक प्रदेशवाट ७ जना गरी जम्मा ७ प्रदेशवाट ४९ जनाले एक करोड ८३ लाख ३६ हजार ५ सय वरावरको छात्रवृत्ति प्राप्त गर्ने छ ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश, र केन्द्रीय स्तरको छात्रवृत्ति छनौट समिति समेत गठन गर्ने छ भने समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अंक, स्थायी ठेगाना, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिश लगायतका आधारमा छनोट गर्ने छ ।

लर्ड वुद्ध एजेकेशनलका पंकज जलानले आगामी वर्ष छात्रवृत्तिको विद्यार्थीमा संख्यामा थप गर्ने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्