विराटनगरमा “आदिवासी जनजाती हक अधिकार” सम्बन्धी सचेतना गोष्ठी सम्पन्न

विराटनगरमा “आदिवासी जनजाती हक अधिकार” सम्बन्धी सचेतना गोष्ठी सम्पन्न

विराटनगर ९ असार । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समितिको आयोजना तथा किरात राई यायोक्खा नगर कार्य समितीको समन्वयमा एक दिने “आदिवासी जनजाती हक अधिकार” सम्बन्धी सचेतना गोष्ठी सम्पन्न गरिएको छ ।
विराटनगर महानगरपालीकाको सहयोगमा सञ्चालित गोष्ठीमा विराटनगर ११ नम्बर वडाका वडा अध्यक्ष तिर्थ न्यौपानेले आदिवासी जनजातीको क्षेत्रमा छुटाईने बजेट अब स्थानिय निकायको वडा स्तरमा गईकेको कारण अब सम्पुर्ण जातिय संघसस्थाहले सम्बन्धीत वडा कार्यलयसंग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो । आदिवासी जनजातीको सिप तथा क्षमता अविवृद्धी तालिमको लागी महानगरसँग बजेट मागिसकेको बताउनुभयो ।
त्यसैगरी वडा नम्बर ११ कै वडा सदस्य ईन्दिरा गिरीले पनि ११ र १२ नम्बर वडामा आदिवासी जनजाती भित्रका किराँत राईहरुको घनावस्ती भएका कारण पिचरामा रहेको किरातीहरुको साकेलाथानलाई धार्मिम पहिचानको रुपमा थप मर्मत सम्भार गर्न वडा कार्यलयहरुले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासघ नगर समन्वय समिती विराटनगरका सचिव प्रेम देवानले आदिवासी जनजातीको लागी हरेक बर्ष राज्यले बजेट कटौती गरेको भनदै विरोध जनाउनुभयो ।
यस अघि नगरका सम्पुर्ण जातिय सस्थालाई बजेट छुटाए पनि यसपटक देखि वडा स्तरमा गईसकेका कारण नगर भित्र रहेका १८ वटा जातिय सस्थाहरुलाई वडा कार्यलयबाट नै समन्वय गरेर काम गर्न आर्गह गर्नुभयो । कार्यक्रममा किरात राई रायोक्खा नगर कार्य समिती विराटनगरका अध्यक्ष विष्णु कुमारी राई,सचिव कुन्ता राई, किराँत अगुवा धर्मराज म्यान्यङ्गवो,दिल बहादुर थेवे, मधु राई किरात राई , साँस्कृतिक कलाकार संघका उपाध्यक्ष शालिक साताक राइले किरात धर्मको ऐतिहासीकको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्