ईटहरीमा पैनीले बगाएर बालकको मृत्यु 

ईटहरीमा पैनीले बगाएर बालकको मृत्यु 

सुनसरी, असार १० गते।

सुनसरीको ईटहरी उपमहानगरपालिका ५ पचरुकी स्थित पैनीले बगाएर सोही ठाउँका बिकी भण्डारीको दुई वर्षीय छोरा एलुन भण्डारीको मृत्यु भएको छ।

घर नजिकैको पैनीमा खेल्नेक्रममा पानीको बहावले बगाउँदा बालकको मृत्यु भएको बुझिएको छ।

घर नजिकै खेल्दै गरेका बालक अचानक हराएपछि बालकको खोजी गर्दा अचेत अवस्थामा उनलाई स्थानीयले भेटेका थिए।

बालकलाई उपचारका लागी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएकोमा सोही अस्पतालमा उपचार हुँदा हुँदै उनको दिउँसो २ बजे मृत्यु भएको पीडितका आफन्तले प्रहरीलाई बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्