बिराटनगरमा बिद्यार्थीलाई साईबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

<span class='c1'>बिराटनगरमा बिद्यार्थीलाई साईबर अपराध</span> <span class='c2'>सम्बन्धी सचेतना कार्यक्रम</span>

बिराटनगर , असार १० गते ।

विराटनगर-२ स्थित पूर्वाञ्चल व्यवस्थापन कलेजका बिधार्थीहरुलाई साइबर अपराध सम्बन्धि सचेतना प्रदान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक सेवा केन्द्र तिनपैनीको आयोजनामा शुक्रबार प्रहरीले कलेजका विधार्थीहरुलाई साइबर अपराध सम्बन्धमा जानकारी गराएका हुन्।

कलेजको कक्षा ११ र १२ मा पढ्ने ९० जना विधार्थीहरुलाई मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी. ले सूचना र प्रविधिको बिकास सँगसँगै त्यसको सही प्रयोग नगर्नाले हालका दिनहरुमा साईबर क्राईम सम्बन्धी बिभिन्न किसिमका अपराधिक घट्नाहरू बढिरहेको हुँदा समयमै सजग एवं सावधान हुन अनुरोध गर्नु भएको थियो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक राकेश कुमार राईले बिद्यार्थीहरूलाई साईवर अपराध, अपराध सम्बन्धमा उजुरी दिने स्थानहरु तथा कानूनी ब्यवस्था एवं साईवर क्राईम हुन/गर्न नदिन अपनाउनु पर्ने उपायहरुका बारेमा बताएका थिए।

कार्यक्रममा क्याम्पस चिफ सोनिला शाक्य, सामुदायिक सेवा केन्द्र तिनपैनीका अध्यक्ष मीना जोशी र अन्य पदाधिकारीहरू समेत सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्