झापा र मोरङबाट लागुऔषधसहित दुई पक्राउ

<span class='c1'>झापा र मोरङबाट</span> <span class='c2'>लागुऔषधसहित दुई पक्राउ</span>

विराटनगर, असार १० गते।

प्रहरीले झापा र मोरङ जिल्लाबाट आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

मोरङको सुनवर्षी नगरपालिका ५ भेडुवाथानबाट प्रहरीले लागुऔषध कोरेक्ससहित को १ त ६४२५ नम्बरको ट्याक्टर चालक सुनवर्षी-८ सिक्टी बस्ने सईम मियाँलाई पक्राउ गरेको छ।

प्रहरीले को १ त ६४२५ नम्बरको ट्याक्टरबाट चार बोतल कोरेक्स बरामद भएपछि ट्याक्टर चालक मियाँसहि ट्याक्टर नियन्त्रणमा लिएको हो।

मियाँले गहुँको बोराभित्र सो लागुऔषध लुकाएर ल्याउँदै थिए।

यसैगरी झापाको मेचीनगर नगरपालिका ६ बाट शरणार्थी शिविर बेलडाँगी बस्ने सन्तविर राईलाई प्रहरीले १५ एम्पुल टिडिजेसिक सहित पक्राउ गरेको छ।

राईलाई डाईजेपाम ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल र फेनारगन ५ एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले आइतबार बिहान पक्राउ गरेको हो।

बरामद लागुऔषधसहित राईलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्