समर्थकलाई खुशीको खबर – मेस्सीले तत्काल संन्यास नलिने !

<span class='c1'>समर्थकलाई खुशीको खबर – मेस्सीले</span> <span class='c2'>तत्काल संन्यास नलिने !</span>

काठमाडौं, ११ असार – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप नजितेसम्म अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास नलिने बताएका छन् । लगातार एक विश्वकप र दुई कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधिबाट बञ्चित भएपछि निराश बन्दै संन्यास घोषणा गरेका मेस्सी फेरि टीममा फर्किएका थिए ।

रुसमा जारी विश्वकपमा पनि अर्जेन्टिनाले खराब प्रदर्शन गरिरहेको छ । यसै प्रतियोगितापछि मेस्सीले संन्यास लिने अडकलबाजी भइरहेका बेला उनले विश्वच्याम्पियन नबनेसम्म संन्यास नलिने प्रस्ट पारेका हुन् । आइतबार आफ्नो ३१औं जन्मोत्सव मनाएका मेस्सीले भनेका छन् - 'मैले सारा महत्त्वपूर्ण ट्रफी जितेँ, विश्वकप भने आजसम्म महत्त्वाकांक्षामै सीमित भएको छ । म मेरो देशको प्रतिनिधित्व गर्दै विश्वकप ट्रफी नउचालेसम्म संन्यास लिन्नँ ।'

विश्वकप ट्रफी उचाल्ने सपनाका कारण पनि आफू भावुक बनेको उनको प्रतिक्रिया छ । मेस्सी नेतृत्वको अर्जेन्टाइन टीम रुस विश्वकपमा कठिन परिस्थितिमा छ । आइसल्याण्डसँग बराबरी र क्रोएसियासँग लज्जास्पद् हार बेहोरेको अर्जेन्टिना अघिल्लो चरणमा जान नाइजेरियासँगको खेल जित्नै पर्ने दबाब छ । अझै आइसल्याण्डले क्रोएसियालाई हराएको खण्डमा उसले भन्दा २ गोल बढी अन्तरले नाइजेरियालाई हराउनुपर्ने हुन्छ ।

क्रोएसियासँगको हारपछि स्तब्ध बनेको अर्जेन्टिनाका खेलाडी शनिबार र आइतबार निकै हँसिलो मुद्रामा अभ्यासमा सहभागी भएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएअनुसार मेस्सी आफैँ साथी खेलाडीहरूलाई हसाउनमा केन्द्रित छन् । टीममा उत्साह भरेर मात्र खेल जित्न सकिनेमा सबैको एकमत देखिकएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्