लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि विद्युत् अनियमित

लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि विद्युत्  अनियमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वैशाख अन्तिमबाट लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि प्राधिकरणका पुराना प्रशारण लाइन, ट्रान्सफर्मरलगायतका उपकरणमा गडबढी आउँदा तराईका अधिकांश जिल्लामा छिनछिनमा विद्युत् सेवा बन्द हुने गरेको छ ।

असारको पहिलो साता बितिसक्दा पनि वर्षा नहुँदा बढ्दो गर्मीका कारणले तराईका बासिन्दा विद्युत् सेवा बन्द हुँदा पीडित हुन थालेका छन् । नेपालगञ्ज, बर्दिया, धनगढी, महेन्द्रनगर, कपिलवस्तु, भैरहवा, रौतहट, बारा, पर्सा तथा पूर्वका झापा, मोरङ र सुनसरी जिल्लामा यस्तो समस्या देखा पर्न थालेको छ ।
विगत एक हप्तायता दैनिकजसो एकदेखि तीन घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुन थालेपछि कैलालीको टीकापुर, लम्की, चुहा क्षेत्रका बासिन्दाले प्राधिकरणको स्थानीय वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएका छन् । यता बर्दिया सदरमुकामबाहेक अन्य क्षेत्रमा पनि दैनिक जसो विद्युत् सेवा अनियमित हुन थालेको पछि स्थानीय नागरिक समाजले नगरपालिका र गाउँ पालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्