विराटनगरको सास्थम कलेज बिजनेश स्कुल रेटिङ ¥याङ्किङ अवार्ड २०१८ ’ बाट सम्मानित

विराटनगरको सास्थम कलेज बिजनेश स्कुल रेटिङ ¥याङ्किङ अवार्ड २०१८ ’ बाट सम्मानित

प्रेम देवान
असार ११ असार ।
विराटनगरमा रहेको सास्थम कलेज चौथो एभरेष्ट बैङ्क बिजनेश स्कुल रेटिङ ¥याङ्किङ अवार्ड २०१८’ बाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रालिद्वारा आयोजित कार्यक्रममा विराटनगर १४ रहेको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज सो अवार्ड प्राप्त गर्न सफल भएको हो ।
देशभरीका कलेजहरु बिच ‘न्यू बिजनेश एज प्रालि’ले आयोजना गरिएको सम्मान शैक्षिक क्षेत्रको एक मात्र देशव्यापी सम्मान कार्यक्रम अन्र्तगत सास्थम कलेज सम्मानमा परेको हो ।
न्यू बिजनेश एज प्रालिले सन् २०१३ देखि शुरू गरेको अवार्ड बितरणको चौंथो संस्करण गत शुक्रवार काठमान्डौमा सम्पन्न भएको हो । चौथो संस्करणबाट ‘बिजनेश स्कुल रेटिङ ¥याङ्किङ अवार्ड–२०१८’ बाट सम्मानित हुन पाएकोमा खुसी लागेको कलेजका प्रिन्सिपल देवराज श्रेष्ठले जानकारी दिए ।
देशभरका १ हजार २ सय ७४ व्यवस्थापन कलेज सहभागिता रहेको थियो । विभिन्न ७ विधामा प्रदान गरिएको उत्कृष्ट बिजनेश स्कूल अवार्डबाट देशभरीका १२ ओटा कलेज सम्मानित भएका छन् । जसमा एमबीए, बीबीए, बीबीएस, एमबीएस, बीएचएम, क्याटगोरीको रुपमा छनौट गरिएको थियो ।
देशभरका एकहजार २ सय ७४ व्यवस्थापन कलेजमध्येबाट शुरू गरेको छनाँैट प्रकृया विभिन्न चरण पार गर्दै अघि बढेको थियो । तथ्याङ्क सङ्कलन, सम्बन्धित कलेज मार्फत तथ्याङ्क आह्वानका साथै विज्ञ सम्मिलित छनौट समितिको विज्ञतासमेत समेटी उत्कृष्ट बिजनेश कलेजहरूको छनौट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्