रुस भर्सेस उरुग्वे : रुसविरुद्धको खेलमा उरुग्वेले ३ गोल हान्यो

रुस भर्सेस उरुग्वे : रुसविरुद्धको खेलमा उरुग्वेले ३ गोल हान्यो

विश्वकप फुटबल २०१८ मा समूह चरणको अन्तिम खेलमा रुसविरुद्धको खेलमा उरुग्वेले ३ गोल गर्दै बिजयी भएको छ ।

खेल सुरु भएको १० औँ मिनेटमा उरुग्वेका लागि बार्सिलोना स्टार लुइस स्वारेजले फ्रिकिकमार्फत गोल गरेका हुन् । रुसका युरी गाजिन्स्किीले उरुग्वेका रोड्रिगो बेन्टान्करलाई डिबक्सबाहिर लडाएपछि उरुग्वेले फ्रिकिक पाएको थियो । स्वारेजले २० यार्डबाट हानेको प्रहार सिधै गोल भएको थियो ।  त्यस्तै २३ अाैँ मिनेटमा  उरुग्वेका लागि लक्साल्टले गाेल गरे ।

खेलकाे ३५ अाैँ मिनेटमा रुसका इगाेर समिनाेकाेभले उरुग्वेका लक्साल्टलाई लडाएपछि दाेहाेराे पहेँलाे कार्ड खाँदै मैदानबाट बाहिरिए  । दश जना खेलाडीमा सीमित रुस उरुग्वेसामु निकै नै दबाबमा देखिएकाे थियो । उरुग्वेले खेलको अन्तीम समयको ३ मिनेट अघि मात्र थप अर्को गा्ल गर्दै समुह चरणमा आफुलाई सुरक्षित राखेका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्