मन्त्री पण्डितकै निर्देशनमा निर्देशिका, स्थानीय जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाइँदै

<span class='c1'>मन्त्री पण्डितकै निर्देशनमा निर्देशिका, स्थानीय</span> <span class='c2'>जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाइँदै</span>

काठमाडौं, १३ असार । संघीय सरकारले स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाउने तयारी गरेको छ । स्थानीय जनप्रतिनिधि र कर्मचारी आफूखुसी विदेश भ्रमणमा निस्किने तथा मर्यादाबाहिर रहन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमन गर्न लागेको हो । भ्रमण नियमन गर्न ‘स्थानीय तहका पदाधिकारी र कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७५’ को मस्यौदा बनाइसकेको मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले बताए । तर, मस्यौदामा अर्थ र कानुन मन्त्रालयको सहमति लिन भने बाँकी नै रहेको उनले बताए ।

मन्त्री पण्डितकै निर्देशनमा निर्देशिका

स्थानीय जनप्रतिनिधिको विदेश भ्रमणलाई व्यवस्थित गर्न मन्त्री लालबाबु पण्डितले नै निर्देशिका ल्याउन निर्देशन दिएका हुन् । मन्त्रालयले कार्यदल बनाएर निर्देशिका ल्याउन लागेको हो । ‘निर्देशिकाको मस्यौदा तयार भइसकेको छ । कानुन र अर्थको सहमति लिएपछि मन्त्रिपरिषद्मा लैजान्छौँ,’ सहसचिव नेपालले भने ।

उनले कार्यविभाजन नियमावलीमा स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण नियमन गर्ने जिम्मेवारी संघीय मन्त्रालयसँगै भएको दाबी पनि गरे । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्