विराटनगर, १३, असार।
सुनसरीको इटहरीमा कार, स्कुटर र सिटी रिक्सा ठोक्किंदा तीन जना घाइते भएका छन। इटहरी उपमहानगरपालिका १० साथीफ्युल नजिकै बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको बा ९ च ३५ नम्बरको कारले सोही दिशामा रहेको बा १२ च ७४७८ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिंदा उक्त कार अनियन्त्रित भई को १७ प १६८७ नं को स्कुटर र सिटि रिक्सासंग ठोक्किएको थियो। दुर्घटनामा स्कुटरका चालक ईटहरी-१० खनार बस्ने गोपाल खत्री, उनकी पत्नी श्रीमति रुपमणी खत्री र छोरी घाइते भएका छन। घाइते तीनै जनालाई उपचारका लागी न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने दुर्घटनामा संलग्न कार तथा सिटी रिक्सालाइ प्रहरीले नियन्त्रणमा लिई राखेको छ।
ईनरुवा नगरपालिका १० जाल्पापुरमा ट्याम्पु दुर्घटना हुँदा चार जना घाइते भएका छन। दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ ह ८३३२ नम्बरको ट्याम्पु (अटो रिक्सा) अनियन्त्रित भई पल्टिंदा मोरङ बिराटनगर ४ बस्ने जितेन्द्र राम, सुनसरी हरिनगरा गाउँपालिका २ बस्ने पुनम देवी राम र उनका छोरा वर्ष ३ को विकि राम तथा छोरी रेखा राम घाइते भएका छन। घाइते चारै जनाको जिल्ला अस्पताल सुनसरीमा उपचार भईरहेको छ भने ट्याम्पुका चालकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिईएको छ।