विराटनगरका महिलालाई जुत्ता बनाउने तालिम, महानगरको स्वरोजगार प्रयास

विराटनगरका महिलालाई जुत्ता बनाउने तालिम,  महानगरको स्वरोजगार प्रयास

विराटनगर १४ असार । विराटनगर १६ मा महिलाहरुकोलागि जुत्ती चप्पल बनाउने तालिम सुरु गरिएको छ ।
सयपत्री महिला सेवा केन्द्र विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा १५ दिने तालिम सुरु गरिएको छ । वडा नम्बर १६ का १८ जना महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम सुरु गरिएको सय पत्रि महिला सेवा केन्द्रकी अध्यक्ष मञ्जु चापागाईले जानकारी दिईन् ।
घरमा त्यसै बसिरहेका गृहणी महिलाहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको हो । सिप सिकेर आफै पनि व्यावसाय गर्न टेवा मिलोस भनेर महिलाहरुलाई तालिम प्रदान गरिएको उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्