विराटनगरमा लियो क्लवको वृद्धाआश्रममा वृक्षारोपण

विराटनगरमा लियो क्लवको वृद्धाआश्रममा वृक्षारोपण

विराटनगर, १४ असार । लियो क्लव अफ विराटनगर योङहार्ट र श्रीलंकामा रहेको लियो क्लव अफ मोराटुवाले सयुक्त रुपमा वृक्षारोपण गरेका छन् । अन्तराष्ट्रिय ट्यूनिङ कार्यक्रम अन्तगत लियो क्लव अफ विराटनगर योङहाटले विराटनगर वृद्धाआश्रमका खाली जमिनमा करिब १ सय बढी विरुवाहरु रोपेको हो । त्यस्तै श्रीलंकाको लियो क्लव अफ मोराटुवाले पनि एक कार्यक्रम विच वृक्षारोपण गरेको छ । पहिलो पटक दुई देश विचको आपसी सम्बन्ध कायम राख्न एकै पटक संयुक्त वृक्षारोपण गरिएको लियो क्लव अफ विराटनगर योङहार्टका अध्यक्ष सिदार्थ साह विर्मशले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा सिसौ, असोक, असला लगायतका विरुवाहरु रोपिएको थियो । वृक्षारोपण कार्यक्रममा लियो चान्द इराकी, लियो आरके राष्ट्रप्रेमी , लियो मुकेश पौडेल, ज्योती गुप्ता, निस्चल श्रेष्ठ, लियो रञ्जित भगत, मणि दाहाल निराज ढकाल लगायतको उपस्थित रहेको थियो । विराटेश्वर वृद्धाआश्रम सामाजसेवी जगत अर्यालले संञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्