विषाक्त रक्सी सेवन गर्दा ४ जनाको मृत्यु, आधा दर्जन बढी सिकिस्त

विषाक्त रक्सी  सेवन गर्दा  ४ जनाको मृत्यु, आधा दर्जन बढी सिकिस्त

काठमाडौं, १४ असार । धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा विषाक्त रक्सी (घरेलु मदिरा) सेवन गर्दा बुधबार बिहान ४ जनाको मृत्यु भएको छ । आधा दर्जन बढी सिकिस्त छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमला नगरपालिका–५, लक्करका ३७ वर्षीय मनिक पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ४० वर्षीय रामनाथ पासवान र कमला नगरपालिका–६, सिग्याही मडानका ४७ वर्षीय साविर मियाँ अन्सारीको मृत्यु भएको हो । मनिक, रामनाथ र साविरको गाउँमै तथा रामचन्द्रको उपचारक्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो । मंगलबार साँझ अत्यधिक रक्सी सेवन गरेर घर फर्किएका उनीहरूको अवस्था रातिदेखि नै बिग्रन थालेको थियो ।

सिकिस्त भएका कमला नगरपालिका–५, लक्करका ४० वर्षीय जामुन पासवानको जनकपुर अञ्चल अस्पतालमै उपचार जारी छ । विन्देश्वर पासवान र असलदेव पासवानको भने फिजिसियन डा.रामपरीक्षण यादवको जनकपुरस्थित क्लिनिकमा उपचार भइरहेको छ । कमला–६ का ४५ वर्षीय विनयकुमार ठाकुर र भारत मोतिहारी घर भएका कमला–६ मा घर बनाउने काम गर्दै आएका ३३ वर्षीय मनोज साहसहित आधा दर्जन सिकिस्त छन् ।

कमला नदीको बाँधनजिक भट्टीमा रक्सी सेवन गरेका उनीहरूलाई रातिदेखि नै रिँगटा लाग्ने, बान्ता हुने, टाउको दुख्ने हुन थालेको थियो । बुधबार बिहानसम्म अचेत बनिसकेका उनीहरूलाई उपचारका लागि जनकपुर ल्याउने तयारी गर्दागर्दै तीन जनाको मृत्यु भएको कमला नगरपालिकाका मेयर रामउदगार गोइतले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्