मनसुन सक्रिय भएकाले तीन दिनसम्म वर्षा हुने पूर्वानुमान

मनसुन सक्रिय भएकाले तीन दिनसम्म वर्षा हुने पूर्वानुमान

१४ असार, काठमाडौं। यस वर्षको मनसुन देशभर फैलिएको छ । मनसुन सक्रिय भएकाले तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ ।

८ जुनदेखि पूर्वी भेगबाट नेपाल भित्रिएको मनसुन जुन २७ देखि देशैभर फैलिएको मौसमविद् वरुण पौडेलले बताए । उनले भने, ‘अब आगामी तीन दिनसम्म देशका धेरै स्थानहरूमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ तर लगातार झरी पर्ने चाहिँ होइन ।’

मनसुन ८ जुनदेखि पूर्वी नेपालबाट प्रवेश गरे पनि पश्चिमसम्म फैलिइसकेको थिएन । त्यसैले पश्चिमका कतिपय क्षेत्रमा सुक्खा नै थियो । अब भने त्यस्तो नहुने उनले बताए ।

‘बिहान, दिउँसो एकछिन मौसम खुलेको देखिए पनि साँझपख वर्षा हुन्छ,’ मौसमविद पौडेलले भने, ‘५ देखि ५०–५५ मिलिमिटरसम्म वर्र्षा हुने सम्भावना छ ।’

नेपालमा सामान्यतया १० जुनबाट मनसुन सुरु हुन्छ तर यस वर्षको मनसुन दुई दिनअघि नै सुरू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्