रंगेलीबाट भन्सार छलेको ७५ हजार बराबरको साडी बरामद

रंगेलीबाट भन्सार छलेको ७५ हजार बराबरको साडी बरामद

मोरङ, असार १४ गते।

मोरङको रंगेलीबाट ७५ हजार मूल्य बराबरको अवैध साडी बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले बुधबार राती रंगेली नगरपालिका ४ चोप्राहाबाट भन्सार छलेको १५२ पिड सुतीको साडी बरामद गरेको हो।

बरामद साडी आवश्यक अनुसन्धान पश्चात कारवाहीका लागि भन्सार बुझाईने इलाका प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्