सुन तस्करी र हत्या प्रकरण : निर्दोष रहेको दाबी गर्दै १६ जना उच्च अदालत विराटनगरमा,पेशी स्थगित

सुन तस्करी र हत्या प्रकरण : निर्दोष रहेको दाबी गर्दै १६ जना उच्च अदालत विराटनगरमा,पेशी स्थगित

विराटनगर, १४ असार ।
सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारी सहितको मुद्दा पेशी स्थगित भएको छ । जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुले साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च अदालत विराटनगरमा मुलुकी ऐनको अदालती बन्दोबस्तीे महल १७ नम्बर अनुसार निवेदन दिएका थिए ।
पहिलो चरणमा १७ नम्बर दर्ता गर्नेमा पुर्ब डिआईजी गोबिन्द निरौला, निलम्बित एसएसपी दिवस लोहनी, एसपी विकासराज खनाल र डिएसपी सञ्जय कुमार राउत रहेका थिए । त्यस्तै पुण्यप्रसाद लामा, सम्बीरप्रसाद तोलाङ्गे, राजन थापा, हेमन्त गौतम सहित ९ जनाले पहिलो चरणमा १७ नम्बर दर्ता गराएका हुन् । यी सबैको कैफियत प्रतिबेदन प्राप्त भई ईजलाशमा पेशी आजै चढेको थियो ।
तर अन्य बन्दीले पनि आफुहरु निर्दोष रहेको भन्दै १७ नम्बर टेकेर जिल्ला अदालत मोरङको आदेशमा चित्त नबुझेपछि उच्च अदालतमा निवेदन दिएका थिए । पछिल्ल्लो चरणमा निवेदन दर्ता गराउनेमा निलम्बित डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, श्याम खत्रीका ड्राईभर (जो १५ हजार धरौटीमा छुटेका थिए) बिष्णुबहादुर खड्का, दोेराम खत्री, गोपाल कुमार श्रेष्ठ, माधव भन्ने मदन प्रसाद घिमिरे र एलबी भन्ने लालबहादुर मगरले आफुहरु निर्दोष रहेको भन्दै सादा तारेखमा छाड्नु पर्ने मागदावी सहित उच्च अदालत बिराटनगरमा १३ गतेको मितीसम्म पुनराबेदन गरेका छन। निवेदन दिएका मध्य ९ जनाको अदालतमा कैफियत प्रतिवेदन बुझाई सकेको र अन्यको हकमा भने कैफियत प्रतिबेदन उच्च अदालतमा नपुगेको उच्च सरकारी वकिलको कार्यालयले जनाएको छ ।
उच्च सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता चिरन्जीबी पराजुलीले सरकारी वकिलको तर्फबाट निवेदन गर्न बाँकी रहेको हुँदा आजको पेशी स्थगित गरिएको जानकारी दिए ।सादा तारेखमा छाडिएका अम्मरबहादुर थापा र १५ हजार धरौटीमा छाडिएका बिष्णुबहादुर खड्काको हकमा मागदावी गरिए अनुसारको कार्वाहीको हुनु पर्ने भन्दै १७ नम्बर प्रयाग गरी उच्च अदालतमा निवेदन दिन बाँकी रहेकोले सबैलाइ एकै पटक अदालतमा पेश गर्ने गरी पेशी स्थगित गरिएको सह–न्यायाधिवक्ता पराजुलीले जानकारी दिए ।
आदेश चित्त नबुझेर बन्दीहरुले १७ नम्बरको निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत बिराटनगरलाई गत बिहिवार नै ९ जनाको कैफियत प्रतिबेदन पठाएको थियो । कैफियत प्रतिबेदनमा अभियुक्तले दिएको बायान, घटना मुचुल्का र अदालतको आदेश रहने छ । मुद्दाको सम्पुर्ण कैफियत प्रतिबेदन उच्च अदालतमा बुझाएपछि अदालतले पेशी तोक्ने ब्यवस्था अनुसार आज ९ जनाको पेशी तोकिएको थियो । तर उच्च सरकारी वकिल कार्यालयले आवस्यक कार्य पुरा नभएको भन्दै पेशी स्थगित गरेको हो । उच्च अदालतमा प्रत्यक हप्ताको बिहिवार मात्र पेशी हुने भएकोले १७ नम्बरमा निवेदन परेका अभियुक्तहरुकोहकमा अब आउँदो बिहिवारमात्र पेशी हुनसक्ने सह न्यायाधिवक्ता पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्