झापामा जंगली च्याउ खाएर ६ जना बिरामी

झापामा जंगली च्याउ खाएर ६ जना बिरामी

झापा, असार १५ गते।

झापाको मेचीनगर नगरपालिका १४ दुवागडीमा जंगली च्याउ खाँदा ६ जना विरामी परेका छन।

जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा मेचीनगर नगरपालिका १४ बस्ने प्रेम किशान दर्जी, उनकी पत्नी सुशीला दर्जी, तीन र दुई वर्षीय छोरा, ज्वाई प्रकाश दर्जी र आमा लिलामाया दर्जी बिरामी परेका हुन।

उनीहरुलाई बिरामी मेची अञ्चल अस्पताल भद्रपुरमा ल्याई उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्