असार १५ : कृषि मन्त्रीको टाउकोमा रोपाइँ !

<span class='c1'>असार १५ : कृषि</span> <span class='c2'>मन्त्रीको टाउकोमा रोपाइँ !</span>

कपिलवस्तु । ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५ धान दिवस । आज देशै भरी असार १५ मनाइन्दैँ छ । यसै दिनको अवसरमा विभागीय मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ रोपाइँमा सहभागी भएका छन् ।

त्यसक्रममा तिलौराकोटमा उनले सहभागिहरुसँग नाच्दै–गाउँदै धान रोपेका छन् । दबदबे हिलोमा शुक्रबार विहानै सहयोगिका साथ खेतमा विउ बोकेर पुगेका खनालले अरु सहभागि भन्दा छिटोछिटो धान रोपेको देखेर अन्य सहभागिहरु चकित परेका थिए ।

त्यती मात्रै होइन कृषिमन्त्रीको टाउकोमा समेत धानको विउ देखिएको छ । टाउकोमा सेतो फेटाले धानको विउ बाधेका थिए । उनले निधारमा हिलोको टिका समेत लागए । खेतमा धानको विउ रोप्नुपर्ने तर मन्त्रीको टाउकोमा धान रापेको देख्दा अचम्मको दृश्य बनेको छ ।

धान दिवसकै दिन अनौठा हर्कत गरेका कारण यसअघिका केही कृषिमन्त्री समेत विवादित भएका थिए । २०७३ सालको धान दिवसमा गमलामा धानको बीउ रोपेर तत्कालीन कृषिमन्त्री हरिबोल गजुरेल र खेतमा गलत व्यवहार देखाएको भन्दै तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीको समेत आलोचना भएका थिए ।(न्युज २४) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्