विराटनगरको आयुर्वेद फर्ममा औषधी विभागको शिलबन्दी(भिडियो सहित)

<span class='c1'>विराटनगरको आयुर्वेद फर्ममा औषधी</span> <span class='c2'>विभागको शिलबन्दी(भिडियो सहित)</span>

प्रेम देवान,
विराटनगर, १५ असार । एउटा सटरमा दुई वटा नाम राखी व्यापार सञ्चालन गरेको भन्दै औषधि ब्यवस्था विभागले विराटनगर ७ मा रहेको एक आयुर्वेद फार्मेसीमा शिलबन्दी गरेको छ ।सुरुमा विराट आयुर्वेद फार्मेसी रहेको पतञ्जली सेवा केन्द्रमा सोही वोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन गरेपछि विभागले अबैध कारोवार गरेको हुनसक्ने भन्दै सिलबन्दी गरेहो हो ।
विराटनगर ३ का गोविन्द बहादुर खड्का, अर्चना सोनी र मोरङ बवियाविर्ताकी रमा दाहालले संयुक्त रुपमा विराट आयुर्वेद फार्मेसी सञ्चालन गरेका थिए । उक्त र्फम खड्का र सोनीको ४५– ४५ प्रतिशत र दाहालको १० प्रतिशत साझेदारी रहेको उनीहरुको दाबी छ ।
अर्चना सोनी हाल विवाह गरेर गईसकेका कारण हाल उनका बुबा प्रेम सोनी , भाई आदित्य सोनी र गोविन्द बहादुर खड्काले मिलेर सञ्चालन गरेका थिए । केही समय खड्का आमाको उपचार गर्न काठमाण्डौ गएर आँउदा आफ्नो पसलमा अर्कै नाम देख्दा छक्क परेको उनले बताए ।
१० बर्ष अगाडीदेखि सञ्चालन गर्दै आएको आफ्नै पसलमा अर्चनाका बुबा र भाईले बदनियत तरिकाले साझेदारीको फर्मको नियम उल्लंघन गर्न खोजेको खड्काको भनाई छ । तीन जनाको नाममा संचालन रहेको विराट आयुर्वेद फार्मेसीको नामबाट सञ्चालित फार्मेसीको बोर्ड माथी अर्को नामको बोर्ड टासेर सोनीले व्यापार सञ्चालन गरेका छन् ।
विराट आयुर्वेद फार्मेसी रहेको स्थानमा एक लौटी रुपमा विराट आयुर्वेद एण्ड हर्वल सञ्चालन गरेपछि खड्काले यस अघि पत्रकार सम्मेलनको आयोजना गरी हारगुहार गरिसकेका छन् । खड्काले १० बर्ष अघि घर मालिकसंग सझौता गरि सञ्चालन गर्दै आएको फर्मको बारेमा केही थाहा नभएको र पार्टरसिप खड्कालाई समेत नचिन्ने बताउछन् अर्चनाका भाई आदित्य सोनी । बरु उल्टै मैले घरबेटीसंग असार १ गते देखि व्यापार गर्नको लागी अनुमति लिएर व्यापार गरेको सोनीले बताए ।

सिलबन्दीमा परेको फार्मेसीको बारेमा छिमेकी व्यापारी हरी भट्टराई , निता कोईरालाले पनि पहिले विराट आयुर्वेद फार्मेसी रहेको पछि सोही वोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन आएको बताए ।
एक साता लामो समय भन्दा बढी विवादको चरम उत्कर्षमा पुगेको विवाद तत्काल सम्बन्धित निकायले दोषी उपर कडा भन्दा कडा कारबाही र पीडितलाई न्षष् दिनु पर्ने यस बिषयसँग जोडिएकाहरु बताउँछन् ।

https://www.youtube.com/watch?v=TXpGfNaIzPw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्