आज असार १५ : सरकार दिवस मनाउदै, विराटनगरमा किसान मल खोज्दै

<span class='c1'>आज असार १५ : सरकार दिवस</span> <span class='c2'>मनाउदै, विराटनगरमा  किसान मल खोज्दै</span>

विराटनगर, १५ असार ।  मध्य असारसँगै किसानले धान रोपाई शुरु गरेपनि यो समयमा आवश्यक पर्ने रसायनिक मल अभाव भएको छ । गत बर्ष भरी भराउ हुने कृषि सामाग्री कम्पनीको गोदाममा यसबर्ष थोरै मात्र मल छ । अहिले रोपाईको सिजनमा धमाधम बितरण गर्नुपर्ने डिएपी मल समयमा नै उपलब्ध नहुँदा किसान समस्यामा परेका छन् । गोदाममा मल ३ सय ६३ मेट्रिकटन मात्र रहेको कम्पनीले जनाएकोछ  । 
कम्पनीले तेश्रो मुलुकबाट मल ल्याउन ढिलाई गर्दा मल अभाव भएको हो । कम्पनीको क्षेत्रीय कार्यालय विराटनगरका सुचना अधिकृत नवरत्न गौतमका अनुसार असारको तेश्रो सातासम्ममा मल आउन सक्छ तर अझै टुङ्गो भने लागेको छैन । मोरङमा यो सिजनमा पाँच हजार मेट्रिकटन डिएपी मल आवश्यक रहेको छ । तर कम्पनीको गोदाममा ६ सय ५२ दशमलव ४७ मेट्रिकटन मात्र मल उपलब्ध छ ।
डिएपीको तुलनामा युरियामल भने केही बढी स्टकमा रहेको कम्पनीले जनाको छ । कम्पनीले दिएको असार १३ गतेसम्मको तथ्यांक अनुसार हाल गोदाममा ३ हजार ६ सय ६७ मेट्रिकटन युरिया र १ सय ५९ मेट्रिकटन पोटास रहेको छ ।
कम्पनीले मोरङ १ सय ७० भन्दा बढी कृषक सहकारी तथा उपभोक्त समिति मार्फत मल बितरण गर्दै आएको  छ । मल अभावका कारण अहिले ति सहकारी तथा समितिलाई कोटा निर्धारण गरेर मल दिने गरिएको गौतमले बताए ।

मोरङका लागि मात्र डिएपी ६ हजार, युरिया ८ हजार र पोटास ३ हजार मेट्रिकटनको बार्षिक आबस्यक पर्ने कृषि सामाग्री कम्पनीको अनुमान छ । यो माग धान्नका लागि लिमिटेडलाई सकस परेको छ ।
क्षेत्रीय कार्यालय बिराटनगरले झापा, ईलाम, धनकुटा, इटहरी, राजविराज, लाहान, गाईघाट र बिराटनगरबाट मल बितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्