अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित

<span class='c1'>अर्जेन्टिना फ्रान्ससँग ४–३</span> <span class='c2'>ले पराजित</span>

निकै रोमाञ्चक खेलमा फ्रान्सका लागि ग्रिजमानले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाका लागि डि मारियाले बराबरी गोल फर्काए ।
पहिलो हाफ  फ्रान्स र अर्जेन्टिनाबीचको खेल बराबरी भएको अवस्थामा अर्जेन्टिनाका लागि मार्काडोले गोल गर्दै टीमलाई२–१ को अग्रतामा पुर्याए । तर, ६४ औं र ६८ औं मिनेटमा मबापेले २ गोल गर्दै फ्रान्सलाई ४–२ को अवस्थामा पुर्याए । त्यसपछि लगातार फ्रान्सविरुद्ध  गोलको प्रयास गरेको अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले इन्जुरी समयमा सान्तना गोल  गरे । त्यससँगै अर्जेन्टिना नकआउट चरणबाटै बाहिरिन बाध्य भयो   । आजको खेलमा अर्जेन्टिनाको  स्टार खेलाडी मेस्सीको कुनै जादु चल्न सकेन । अघिल्लो संस्करणको विश्वकपमा अर्जेन्टिना उपविजेता बनेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्