दक्षिण अमेरिकी महारथी उरुग्वेद्धारा युरो च्याम्पियन पोर्चुगल २–१ गोलले पराजित

<span class='c1'>दक्षिण अमेरिकी महारथी उरुग्वेद्धारा युरो</span> <span class='c2'>च्याम्पियन पोर्चुगल २–१ गोलले पराजित</span>

१७ असार । इडिन्सन काभानी नायक बनेपछि विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अमेरिकी महारथी उरुग्वेले युरो च्याम्पियन पोर्चुगललाई २–१ गोलले पराजित गरेको छ । क्वार्टरफाइनलमा उरुग्वेको भेट फ्रान्ससँग हुनेछ । अर्जेन्टिनालाई ४–३ गोलले हराउँदै फ्रान्स यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ । फ्रान्सेली क्लब पीएसजीका स्टार काभानी र बार्सिलोनामा सुपरस्टार लुइस स्वारेजको उत्कृष्ट तालमेलले क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल उरुग्वेसँग निरिह बन्यो ।

उरुग्वेका डिफेण्डरहरुले सुपरस्टार स्ट्राइकर रोनाल्डोलाई खुलेर खेल्न दिएनन् । समूह चरणको भन्दा सुधारिएको प्रदर्शन गरे पनि उरुग्वेको रक्षापंक्तिले अझै अपेक्षाकृत खेल्न सकेन । खेलको सातौं मिनेटमै स्वारेजसँगको सानादार तालमेलमा काभानीले हेडमार्फत सुरुवाती गोल गरेका थिए । उनको गोलले उरुग्वे पहिलो हाफमा एक शून्यले अघि रह्यो ।

तर, दोस्रो हाफमा पोर्चुगलले खेलमा फर्कने प्रयास गरेको थियो । ५५औं मिनेटमा रफायल गुरेरोको कर्नरमा रियल मड्रिडका पूर्व स्टार डिफेण्डर पेपेले हेडमार्फत बराबरी गोल गरेका थिए । तर, ६२औं मिनेटमा राड्रिगो बेन्टेनकरको पासले काभानीले व्यक्तिगत तथा टिमा लागि दोस्रो गोल गरे । त्यसपछि गोल हुन सकेन र उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।

मेस्सी जस्तै रोनाल्डो पनि विश्वकपको नकआउट चरणमा गोल गर्न असमर्थ छन् । उनले आजको खेलमा पनि गोल गर्न सकेनन् । ३३ वर्षीय रोनाल्डोका लागि यो सम्भवतः करिअरको अन्तिम विश्वकप हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्