विराटनगर,१७ असार।
इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका १६ दरैया बस्तीबाट एक सय पचास लिटर घरेलु मदिरा बरामद गरेको छ। घरेलु मदिरा नियन्त्रण अभियान अन्तरगत उक्त कार्यालयबाट खटिएको टोलीले चेकजाँचका कक्रममा दरैयाबस्तीमा रहेका ६-७ बटा घरमा घरेलु रक्सी उत्पादन गरेको भेटिएपछि तयार गरि राखिएको मदिरा नियन्त्रणमा लिएको हो। प्रहरीले सो स्थानबाट मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ (जाँड) एक हजार लिटर र बिभिन्न खालका भाँडाकुडाहरु बरामद गरेका छन।