यो महिना सुनको मूल्यमा लगातार गिरावट

<span class='c1'>यो महिना सुनको</span> <span class='c2'>मूल्यमा लगातार गिरावट</span>

काठमाडौं - यो महिना सुनको मूल्यमा लगातार गिरावट आएको छ। दुई हप्ताको अवधिमा प्रतितोला छापावाल सुनको मूल्य एक हजार पाँच सय रुपैपाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अभिलेख अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । असारको पहिलो दिन उक्त सुन प्रतितोला ५९ हजार रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि लगातार घट्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि स्थानीय बजारमा पनि घटेको हो । अन्य क्षेत्र मजबुत हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहेको महासंघले जनाएको छ । अमेरिका लगायत अन्तर्राष्ट्रिय बजारमा अन्य क्षेत्र मजबुत हँुदा सुनको लगानीमा आकर्षण घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा रोजगारी वृद्धि भएसँगै डलरको भाउ मजबुत भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्रीको चाप वृद्धि र भारतीय मुद्राकोले डलर मजबुत भएसँगै सुनचाँदीको भाउमा कमी आएको छ,’ महासंघले शुक्रबारको साप्ताहिक समीक्षामा भनेको छ।

त्यसैगरी, पछिल्लो समय अमेरिका, उत्तर कोरिया, चीन र रुसको सम्बन्धमा आएको सुधारलाई सुनको मूल्य घट्नुको कारक मानिएको छ । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच वार्ता भइसकेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा विश्वास बढ्दा लगानीकर्ता सेयर बजारमा तानिएका छन् । त्यसैगरी, पछिल्लो दिनमा अमेरिका र रुसबीच वार्ताको चर्चा सुरु भएसँगै यसले विश्व बजारलाई प्रभाव पारेको छ।

‘अन्तर्राष्ट्रिय बजारमा सेलिङ प्रेसर बढ्नु नै यसको कारण हो,’ महासंघले अघिल्लो हप्ताको साप्ताहिक समीक्षामा भनेको छ, ‘अमेरिकाको कोरिया र चीनसँगको सम्बन्धका कारण पनि सुनमा लगानी घट्दै गएकाले मूल्यमा कमी आएको छ।’

यो हप्ता सुनको मूल्यमा दुई सय रुपैयाँले कमी आएको छ । आइतबार बजार खुल्दा सुन प्रतितोला ५७ हजार सात सयमा कारोबार भएकोमा शुक्रबारसम्ममा दुई घटेर ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । असारको पहिलो दिन चाँदी प्रतितोला आठ सय रुपैयाँमा कारोबार भएको थियो । दुई हप्ताको बीचमा प्रतितोला ३५ रुपैयाँले घटेको सात सय ६५ मा कारोबार भएको महासंघले जनाएको छ।

यो हप्ताभर चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आइतबार बजार खुल्दा प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सात सय ६५ मा झरेको हो। (नागरिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्