मोरङमा शनिबार २ सडक दुर्घटना, दुई जना घाइते

<span class='c1'>मोरङमा शनिबार २ सडक</span> <span class='c2'>दुर्घटना, दुई जना घाइते</span>

मोरङ, असार १७ गते।

मोरङको दुई छुट्टाछुट्टै स्थानामा शनिबार साँझ भएको सवारी दुर्घटनाबाट दुई जना घाइते भएका छन।

मोरङ उर्लाबारी नगरपालिका ४ आईतबारे चौकमा मे १ ह ३२२९ नम्बरको ट्याम्पुलाई को ६ प ४२७ नम्बरको मोटरसाइकलले ओभरट्याक गर्नेक्रममा ट्याम्पु पछाडी मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक घाइते भएका छन।

घाइते हुनेमा मोरङ रमाईलो-५ बस्ने वर्ष ३४ को जितेन्द्र धिमाल रहेका छन। घाइतेको स्थानीय अरनिको अस्पताल उर्लाबारीमा उपचार भईरहेको छ।

ट्याम्पुका चालकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिई राखेको छ।

यता मोरङकै बेलबारी नगरपालिका २ लालभितीमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ३६१६ नम्बरको बसले बिपरीत दिशाबाट आउदै गरेको को १२ प ६६०९ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटरका चालक घाइते भएका छन।

बसको ठक्करबाट मोरङ् बेलबारी नगरपालिका ४ बस्ने बर्ष २८ को सुभाश राई घाईते भएका हुन।

घाइतेको स्थानिय सामुदायिक अस्पताल बेलबारीमा उपचार भईरहेको छ भने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्