बिराटनगरको बरगाछी–रोडशेष सडक अस्तब्यस्त, तिन किलोमिटर पार गर्न एकघण्टा(भिडियो सहित)

<span class='c1'>बिराटनगरको बरगाछी–रोडशेष सडक अस्तब्यस्त, तिन</span> <span class='c2'>किलोमिटर पार गर्न एकघण्टा(भिडियो सहित)</span>

प्रेम देवान
विराटनगर, १७ असार ।
विराटनगर १२ की कुन्ता राईलाई बरगाछीदेखि रोडशेषसम्म पुग्न ४५ मिनेट बढी लाग्यो । जबकी अरुबेला १० मिनेट पनि लाग्दैन तर आईतबार आधाघण्टा बढी लागेको उनले सुनाईन । उनी जस्तै मोरङको हसन्दहका कुमार कार्कीलाई पनि स्र्कापियो लिएर रोडशेषदेखि महेन्द्र चोक पुग्न आधार घण्टा बढी लागेको सुनाए । उनले आवर बिराटनगर डट नेटसँग भने, ‘मैले पहिलो पटक यति साह्रो जाम भएको महशुस गरेँ । जिन्दगीमा कहिल्यै भुल्दिनँ होला यो हिलाम्मे सडकको दुर्दशा ।’ विराटनगरमा गएराती देखि नै भएको झरीका कारण विराटनगरको सडकहरु यतिबेला हिलाम्मे छन् । आम सर्वसाधारणलाई त हिड्न झनै समस्या छ । आफूले लगाएको जुत्ता–चप्पल हातमा बोकेर हिड्नुपर्ने बाध्यता छ । त्यति मात्र हैन विराटनगरको रोडशेष चोकदेखि बरगाछी चोकसम्म पुग्नलाई आईतबार सर्बसाधारणले ठुलै सकस खेप्नु पर्यो ।
सीटी सफारी समस्या
पछिल्ला दिनमा सडक अस्तब्यस्त बन्न पुगेको छ । सामान्य पानी पर्दा समेत सवारीमा हिँड्न गाह्रो मात्र हैन, पैदल यात्रुलाई झन सकस हुँदै आएको छ । सडक जामको मुख्य समस्याको कारण भनेको बिराटनगरका बजारमा प्रसस्तै आएका सिटी सफारी पनि रहेको छ । सडकमा सबैभन्दा बढी सिटी रिक्साले बजारलाई अस्तब्यस्त बनाएर समस्या पारेको बस चालक गंगा बरालले बताए । कुनै संकेत नै नगरी बाटो काटिदिनुले पनि थप समस्या सिर्जना गरेको उनी बताउँछन् ।  पैदल यात्री पनि आईतवारको जामको एउटा मुख्य समस्याको रुपमा देखिए । बाटो चारैतिर हिलाम्मे छ, उनीहरु विच सडकमा नै हिँड्दै गरेको भेटिए । बिच बाटोमा हिड्नु हुँदैन भन्ने बारेमा जान्दा जान्दैपनि सजिलो मानेर बिचमा हिँड्दा पनि बरगाछीदेखि बसपार्क आउन झण्डै एक घण्टा लागेको चालक बरालले गुनासो गरे । बसपार्क र रोडशेष चोकको दुरी भनेको करिब ३ किलोमिटर हो ।
ट्राफिक प्रहरीलाई भ्याई नभ्याई
आईतबार जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रहरी प्रमुख शिवकुमार पोखरेल सहितको टोलीलाई सडक जामको समस्या धान्न धौ–धौ भयो । ट्राफिक प्रहरी कार्यलयबाट खटिएको टोलीले दुई दर्जन बढी ट्राफिकलाई आईतबार सडकमा खटाएको थियो । तर समस्या ज्युको त्यु रह्यो ।  आईतवार विहान १० वजेदेखी नै विराटनगरको रोडशेषदेखि गारगाछीसम्मको सडक दिनभर जाम भयो । विराटनगरको बाटो निर्माण हुने क्रम जारी नै छ । यसले गर्दा छेउबाट हिँड्यो कहाँ फसिँने हो भन्ने चिन्ताका कारणले पनि सडकको बिचबाटो नै सबैको आवस्यक देखिन्थ्यो ।
बर्षाको समयमा चारैतिर खाल्डाखुल्डी भएका कारण पनि सर्वसाधरण विच बाटोमा हिँडिदिँदा समस्या भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पोखरेलले बताए । हुन त अहिले विराटनगरका चारै तिर सडक तथा नाला बनाउने काम भईरहेको छ । सडक निर्माणको ठेक्का लिने कम्पनीले एक तर्फको बाटो नबनाई दुबै तर्फको बाटो भत्काएर छाड्दा समस्या देखिएको छ । तर ठेक्का लिने ठेकेदार कम्पनीको बदमासीका कारण चारैतिरको सडक लथालिङ्ग अबस्थामा छाडिएकोमा स्थानीलाई पटक्कै मन परेको छैन ।

https://www.youtube.com/watch?v=Pjtkfahwb2M&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्