विश्वकप फुटबल : स्पेनलाई हराउँदै आयोजक रसिया विजयी

विश्वकप फुटबल  : स्पेनलाई हराउँदै आयोजक रसिया विजयी

काठमाडौं, १८ असार ।   विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि आइतबार सम्पन्न रोमाञ्चक खेलमा स्पेनलाई हराउँदै आयोजक रसिया विजयी भएको छ । निर्धारित ९० मिनेटमा १–१ को बराबरी र अतिरिक्त ३० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि  पेनाल्टी सुटआउटमा पुगेको खेलमा  स्पेन रसियासँग ४–३ ले पराजित भएको हो ।

जितसँगै आयोजक रसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पूर्वविजेतासमेत रहेको स्पेन नकआउट चरणबाटै घर फर्किन बाध्य भएको छ । मस्कोस्थित लुज्निकी रंगशालामा आइतबार राती सम्पन्न  खेलको पहिलो पेनाल्टी स्पेनका खेलाडी आन्द्रेस इनिस्टाले हान्दै  गोल गरे । त्यसपछि रसियाका फायोडोर स्मोलोभले पनि गोल गरे ।  त्यसपछि स्पेनाका गेरार्ड पिकेले  गोल गर्दा रसियाका सेरागीले पनि जाली चुमाउन पुगे । 

त्यसपछि भने स्पेनका कोकीले पेनाल्टी मिस गर्दा रसिया ३–२ को अवस्थामा पुग्यो ।  कोकी पछि रसियाका एलेक्सेन्डरले गोल गरे । त्यसपछि पेनाल्टी प्रहार गर्न आएका स्पेनका सर्जियो रामोसले बललाई जाली चुमाउँदा रसियन खेलाडी डेनिसले पनि बललाई गोलको दिसा दिए ।

तर, स्पेनका लागो आस्पासले पेनाल्टी मिस गरेसँगै रसिया ४–३ ले विजयी बन्न पुग्यो । निकै रोमाञ्चक बनेको  ९० मिनेट र त्यसपछिको अतिरिक्त समयको खेलमा रसियाले आत्मघाती गोल खाएको थियो भने  पेनाल्टीमार्फत गोल फर्काउँदै बराबरी गरेको थियो ।

खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर सेरगेइले आत्मघाती गोल गरेपछि  स्पेनले अग्रता बनाएको थियो । तर, स्पेनका गेरार्ड पिकेले पेनाल्टी एसियामा ह्याण्ड गरेपछि उनले एल्लो कार्ड पाए भने रसियाले पेनाल्टीको अवसर पायो ।  रसियाका अर्तेमले खेलको ४१ औं पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे । स्पेन विश्वकपबाट बाहिरिएसँगै खेलाडी मैदानमा निकै भाजुक देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्