विराटनगरमा रातिदेखि झरी, नदी खोलामा बाढीको सम्भावना

विराटनगरमा  रातिदेखि झरी, नदी खोलामा बाढीको सम्भावना

विराटनगर, १८ असार । विराटनगरमा गएराती देखि नै बर्षा भएको छ । देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । पुर्वी नेपालसँगै मध्य तथा पश्चिम र चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसोपख सुदूरपश्चिमको केही ठाउँ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताए ।  लगातार पानी परिरहेकाले ठूला नदीसँगै स–साना खोला तथा खहरेमा बाढीको सम्भावाना छ । मनसुन देशभरी नै सक्रिय भएकोले दुई तीन दिन देशभरकै मौसम यस्तै रहने मौसमविदले बताएका छन् । केहीबेर मौसम खुलेजस्तो भए पनि फेरि झरी पर्ने मौसमविद् रिमालले बताउनुभयो । यसैबीच चुरे र महाभारतबाट बहने प्राय सबै नदीमा जोखिम बढेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

कोशी,बागमती र नारायणी नदी आसापमा बस्नेलाई सावधानी अपनाउन भनिएको छ । मध्यरातिको वर्षाका कारण पश्चिमको बबई र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । त्यस क्षेत्रको तटीय र डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ । यस्तै सप्तकोशी नदीमा पानीको बहाव यस बर्षकै उच्च भएको छ । पानीको बहाव बढेसँगै २२ वटा ढोका खोलिएको कोशी ब्यारेज ब्यवस्थापनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्