बिराटनगर असार १८ , बिराटनगरका युवा नेता तथा अनेरास्ववियु केन्द्रीय सचीव वासिम आलमले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको स्वकीय सचिव पद छाडेका छन् । लामो समय मन्त्री पण्डितको स्वकीय सचिव बनि सघाएका आलमले लालबाबु पण्डित यस यस अघि मन्त्री भएको बेला पनि स्वकीय सचिव भएर काम गरेका थिए । पण्डितलाई मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा चुनाव जिताउन आलमले पनि मुख्य भूमिका खेलेका थिए । अर्का युवा नेता मनोज राईलाई मन्त्री लालबाबु पण्डितको स्वकीय सचिव पद दिइएको छ ।
किन छाडे पद ?
अनेरास्ववियु केन्द्रीय सचीव समेत रहेका वासिम आलमले आफुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको स्वकीय सचिव पद छाड्नु को कारण आफ्नो समय राजनीति तिर बढी दिन चाहेको बताएका छन् । राजनीतिक करियर लाई अगाडी बढाउन उनले उक्त पद छाडेको बताए । मन्त्री पण्डितसंग सल्लाह गरेरै पद छाड्ने निर्णयमा पुगेको आलम ले आफ्नु फेसबुक स्टाटस मार्फत बताएका छन् ।