मेस्सी र रोनाल्डो बाहिरिएपछि आज नेयमारले के गर्लान्?

<span class='c1'>मेस्सी र रोनाल्डो बाहिरिएपछि</span> <span class='c2'>आज नेयमारले के गर्लान्?</span>

काठमाडौं, १८ असार – विश्व फूटबलका तीन सुपरस्टार क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र नेयमार हुन् । यीमध्ये रोनाल्डो र मेस्सी संलग्न टीम पोर्चुगल र अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज नेयमारसम्मिलित ब्राजिलको प्रतिस्पर्धा मेक्सिकोसँग हुँदैछ । सन् १९९० पछिका हरेक विश्वकपमा ब्राजिलले क्वार्टरफाइनलमा ठाउँ बनाएको छ र यसपालि पनि यो रेकर्ड कायम राख्ने कोशिश गर्नेछ ।

तर ब्राजिलका लागि मेक्सिकोसँगको भिडन्त सहज हुने छैन । मेक्सिकोले समूह चरणमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराउन सफल भएको थियो । ब्राजिलले समूहमा दुई म्याचमा विजय र एकमा बराबरी गरेर समूह विजेताका साथ अन्तिम १६ मा स्थान बनाएको हो । छैठौं उपाधिका लागि भिडिरहेको ब्राजिल सजिलै पछि हट्ने स्थितिमा छैन ।

उसलाई मेक्सिकोको प्रदर्शनका बारेमा राम्ररी थाहा छ । मेक्सिकोको डिफेन्सलाई तोड्नुमा नै ब्राजिलको सफलता लुकेको छ । नेयमार, कउटिन्हो अनि थियागो सिल्भा र गेब्रिएल जिसस जस्ता खेलाडीले मेक्सिकोको डिफेन्स तोड्ने भरमग्दूर कोशिश गर्नेछन् । नेयमार प्रतियोगितामा अझै चम्किन सकेका छैनन् ।
मेक्सिकोले लगातार सातौंपटक विश्वकपको प्रिक्वार्टरफाइनलमा स्थान बनाएको छ तर ऊ पछिल्लो ६ पटक त्यहीँ अड्किएको छ । ‘पाँचौं म्याचको श्राप’ बाट मुक्ति पाएर उसले क्वार्टरफाइनलमा पुग्ने लक्ष्य लिएको छ । समूह चरणमा
जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिकोले स्विडेनसँग भने हार बेहोर्नुपरेको थियो ।

फिफा विश्वकपमा मेक्सिको दुईचोटि मात्र क्वार्टरफाइनल पुगेको छ । सन् १९७० र १९८६ मा उसले अन्तिम ६ मा स्थान बनाएको थियो ।
ब्राजिल भने १३ पटक क्वार्टरफाइनलमा पुगिसकेको छ । विश्वकपको अनुभवी तथा कन्सिस्टेन्ट टोली ब्राजिलविरुद्ध जीत हासिल गरेर क्वार्टरफाइनल पुग्नु मेक्सिकोका लागि पक्कै सहज छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्