विराटनगरमा सर्पको बिगबिगी , कोशी अस्पतालमा सर्प टोकाईका विरामीहरुको संख्यामा वृद्धि

विराटनगरमा सर्पको बिगबिगी , कोशी अस्पतालमा सर्प टोकाईका विरामीहरुको संख्यामा वृद्धि

बिराटनगर असार १९ , तराईमा अत्याधिक गर्मी र वर्षाका कारण सर्पको बिगविगी बढ्दा विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा सर्प टोकाईका विरामीहरुको संख्यामा वृद्धि भएको छ ।

विरामीको चाप बढेपछि विराटनगरस्थित कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा विरामीहरुलाई झ्यालमा राखेर उपचार थालिएको छ । सो अस्पतालमा दैनिक १० जना जति सर्पले टोकेको विरामीहरु आउने गरेको आकस्मिक सेवाका प्रकाश साहले जानकारी दिनुभयो ।

केही दिन यता देखि वर्षा शुरु भएकाले राति हिड्दा सतर्क भएर हिड्ने र कुनै पनि किराले टोक्दा छिटो भन्दा छिटो अस्पताल ल्याउन चिकित्सकहरुले आग्रह गरेका छन् । सर्पले टोकेको विरामीलाई अझै पनि झारफुक गराउने प्रवृत्ति रहेकोले तत्काल अस्पताल पु¥याउन आग्रह गर्दै चिकित्सकहरुले कुनै पनि सर्पले टोकेको विरामी बचाउन सकिने बताएका छन् । न्युज  २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्