टिपरले फेरी लियो ज्यान , झापामा ठक्करबाट दुई युवकको मृत्यु

टिपरले फेरी लियो ज्यान , झापामा ठक्करबाट दुई युवकको मृत्यु

झापा, असार १९ गते।

झापाको गौरादहमा सोमबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन।

गौरादह नगरपालिका १ स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको ना ३ ख ८४७४ नम्बरको टिपरले तीन जना सवार मे ४ प १४४७ नम्बरको मोटरसाइकललाई बाटो काट्नेक्रममा अपरान्ह ४ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा परी झापा मेचीनगर नगरपालिका ८ बाहुनडाँगी बस्ने २१ वर्षीय नेल्सन भण्डारी र गौरादह नगरपालिका १ बस्ने २२ वर्षीय विवेक बरालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ।

त्यस्तै घाइते हुनेमा मोटरसाइकलका चालक मेचीनगर नगरपालिका ८ बाहुनडाँगी बस्ने २२ वर्षीय प्रवेश भण्डारी रहेका छन। भण्डारीको स्थानीय ममता मेडिकलमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न टिपरका चालक मोरङ उर्लाबारी नगरपालिका १ बस्ने ४९ वर्षीय चन्द्रबहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा लिई राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्