मोरङ, असार १९ गते।
मोरङको कटहरीमा आइतबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
कटहरी गाउँपालिका ३ बस्ने ४० वर्षीय राजाराम राजबंशीको टिभीको तारबाट करेन्ट लागेर मृत्यु भएको हो।
दिउँसो ३ बजेतिर आफ्नै घरमा टिभीको तार मिलाउन खोज्दा राजवंशीलाई करेण्ट लागेको र उपचारका लागी कोशी अंचल अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको वडा प्रहरी कार्यालयले जनाएको छ।