कोशी कटानमा नमस्ते झरना घुमेर फर्कदै गरेको जीप खस्यो ,  ६ जनाको मृत्यु 

<span class='c1'>कोशी कटानमा नमस्ते झरना घुमेर फर्कदै गरेको</span> <span class='c2'>जीप खस्यो ,  ६ जनाको मृत्यु </span>

सुनसरी, असार १९ गते।

सुनसरीको कोशी गाउँपालिका ४ स्थित कोशी कटानमा गएराती जीप खसेको छ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रमममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

भेडेटारस्थित नमस्ते झरना घुमेर फर्कदै गरेको बीआर-०६-पीबी-६४१८ नम्बरको बोलेरो जीप राती ९;३० बजेतिर अनियन्त्रित भई कटानस्थित पानीमा खसेको थियो।

घटनास्थलमा प्रहरी टोली परिचालन भई स्काईभेटरको सहयोगमा जीप बाहिर निकालिएको थियो।

उद्दारमा खटिएका प्रहरीले जीप भित्र तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उनीहरुको सनाखत हुन सकेको छैन।

अन्य सात जनाको उद्दार गरी विराटनगर पठाइएको थियो। घाइते मध्ये भारत सुपौल जिल्ला लक्ष्मिनिया बस्ने बर्ष ४० को संजिब कुमार, सोही ठाउँका ७ वर्षीय गोनुकुमार र अन्दाजी ४० वर्षीया एक महिलाको उपचारका क्रममा संजिवनी अस्पताल विराटनगरमा गएराती नै मृत्यु भएको छ।

त्यस्तै अन्य घाइतेहरु भारत सुपौल बस्ने १० वर्षीय आदिप कुमार, सोही ठाउँका ३५ वर्षीय ललन कुमार, बर्ष ३० की कञ्चन कुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जीपका चालक चालक भारत ब्रहमपुरा १ बस्ने बर्ष २६ को सशिल कामत भने सकुशल रहेका छन। उनलाइ प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिई राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्