बेलबारीमा हात्तीको आक्रमणबाट एक जनाले गुमाए ज्यान

<span class='c1'>बेलबारीमा  हात्तीको आक्रमणबाट</span> <span class='c2'>एक जनाले गुमाए ज्यान</span>

मोरङ, असार १९ ।

मोरङको बेलबारी नगरपालिका १० लक्ष्मीमार्गमा गएराती जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ।

जंगली हात्तीले आक्रमण गर्दा मोरङ जहदा गाउँपालिका ४ बस्ने अन्दाजी ५५ वर्षीय रघु महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत भाउन्ने-लक्ष्मीमार्ग सडक खण्ड मर्मत कार्यमा खटिएका महतोलाई आइतबार राती जंगल नजिकै टेन्टमा सुतीरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

महतोसंगै सुतेका अन्य दुई जना भने भाग्न सफल भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्