टीकापुर अस्पतालमा जन्मिएकाे अनौठो शिशुुुुको मृत्यु

टीकापुर अस्पतालमा जन्मिएकाे अनौठो शिशुुुुको मृत्यु

धनगढी असार १९ । कैलालीको टीकापुर अस्पतालमा साेमबार राति जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो । जन्मँदा जिउँदै जन्मेकाे भनिएकाे उक्त शिशु पछि मृत्यु भएकाे जनाइएकाे छ ।

जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले बताउनुभयो ।

गएराति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । “उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो, डा खनालले भन्नुभयो, तर बच्चा बँचेन ।”  शिशुको मृत्यु भए पनि उहाँको स्वास्थ्य सामान्य रहेको बताइएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्