ईटहरीमा दुईदिने प्रदेश १ स्तरीय रोजगारी मेला आयोजना हुदै

ईटहरीमा दुईदिने प्रदेश १ स्तरीय रोजगारी मेला आयोजना हुदै

विराटनगर १९ असार । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ ले रोजगार सुचना केन्द्र र श्रम कार्यालय  विराटनगरको आयोजनामा ईटहरीमा दुईदिने युवा रोजगार मेला आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय श्रम संघठन (आईएलो ) सुचना तथा रोजगार सेवा ,श्रम बजारको आर्थिक सहयोगमा सुनसरीको ईटहरीमा २ दिने युवा रोजगार मेला आयोजना हुन लागेको जनाईएको छ । नेपाल उद्योग बाणिज्य महासघ प्रदेश नम्बर १ का कार्यकारी निर्देशक श्याम पौडेलका अनुसार रोजगार दाता र कामको खोजिमा रहेका वेरोजगार युवाबीचको सम्पर्क विकास गरी रोजगारी प्रवद्धान गराउने उद्धेस्यले दुईदिने मेला आयोजना गर्न लागिएको हो ।

मेलाले वेरोजगार युवाहरुलाई रोजगारीका वातावरण मिल्ने साथै रोजगारदाताहरुलाई पनि कामदारको लागी सहज होस भन्ने उद्धेस्यका साथ असार २१ र २२ गते मेला आयोजना गर्न लागिएको वाणिज्य संघले जनाएको छ । मेलामा एक नम्बर प्रदेशका १४ जिल्लाका वेरोजगार युवा तथा रोगजारदातालाई एकै स्थानमा भेला गराई कामको लागि सहज वाताबरण मिलाउन लागिएको आयोजकले जनाएको छ । यस कार्यक्रमको अनलाईन मिडीया पार्टनरको रुपमा आवर विराटनगरडट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्